प्रधानमन्त्री ओली र मोदीबीच एकान्त संवाद, यस्तो भयो कुराकानी…

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०७४
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली र मोदीबीच एकान्त संवाद, यस्तो भयो कुराकानी…

सारांश

  • असमझदारी छँदै थिएन, अहिले के हट्नु ?
  • बरु विकासमा साझेदारी गर्न तयार भयौँ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ करिब ४५ मिनेट एकान्त वार्ता भएको छ ।
  • साँझ ६ः३० देखि ७ः१५ सम्म प्रधानमन्त्रीनिवास ७ लोककल्याण मार्गमा उनीहरूबीच भेटवार्ता भएको हो ।

असमझदारी छँदै थिएन, अहिले के हट्नु ? बरु विकासमा साझेदारी गर्न तयार भयौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ करिब ४५ मिनेट एकान्त वार्ता भएको छ । साँझ ६ः३० देखि ७ः१५ सम्म प्रधानमन्त्रीनिवास ७ लोककल्याण मार्गमा उनीहरूबीच भेटवार्ता भएको हो । मोदीसँग भेट्नुअघि ओलीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले राष्ट्रपतिभवनमा भेटेका थिए । आजको नयाँ पत्रिका दैनिकबाट इिएको हो ।

मोदीसँग नेपालको विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । ‘हामीबीच विकासमा साझेदारी र सहकार्य कसरी गर्न सकिन्छ भन्ने छलफल भयो, भारतीय प्रधानमन्त्री र मेरो समान धारणा रह्यो,’ प्रधानमन्त्री ओलीले होटेल इम्पेरियलमा आयोजित रात्रिभोजपछि पत्रकारसँग भने । उनले भारतसँग असमझदारी पहिल्यै हटेको भन्दै अहिले केही नरहेको बताए । ‘असमझदारी छँदै थिएन, अहिले के हट्नु ?’ प्रधानमन्त्रीको जवाफ थियो । भारत भ्रमणभन्दा पनि चीन भ्रमणबारे चर्चा भइरहेको छ नि भन्ने प्रश्नमा ओलीको जवाफ थियो, ‘मलाई कसैले त्यसो भनेनन् ।’

प्रधानमन्त्री ओलीलाई शुक्रबार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका गृहमन्त्री राजनाथ सिंह र अर्थ राज्यमन्त्री शिवप्रताप शुक्लले स्वागत गरे । ओली बिहान पौने ११ बजे दिल्ली आएका थिए । उनी राष्ट्रपतिभवनमा विशेष पाहुनाका रूपमा बसेका छन् ।

भारतीय उद्यमीले संसारमा लगानी गर्छन्, नेपालमा किन नगर्ने ?

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा नेपाली जनताका जीवनशैलीमा देखिने गरी परिवर्तन गर्न चाहेको बताएका छन् । भारतीय विदेश मन्त्रालयको आर्थिक कूटनीति महाशाखाको संयोजन तथा भारतीय उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र अशोचामको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनले राजनीतिक रूपान्तरण सम्पन्न भएको र समग्र परिवर्तन भइसकेको पनि बताए । उनले निजी सम्पत्ति राष्ट्रियकरण नहुने, मुनाफा बाहिर लिएर जान पाउने, विदेशी लगानीकर्ताले नेपालमा जग्गा किनबेच गर्न पाउने, सुरक्षाको प्रत्याभूति हुने भन्दै लगानीका लागि आह्वान गरेका थिए । उनको प्रश्न थियो, भारतीय लगानीकर्ता संसारमा लगानी गर्छन्, दैलैछेउको नेपालमा किन नगर्ने ?

राजनीतिक तथा कूटनीतिक क्षेत्र उत्सुक

प्रधानमन्त्रीको भ्रमणलाई उत्सुकता र महत्वसाथ यहाँको राजनीतिक, बौद्धिक र कूटनीतिक वृत्तले हेरेको छ । भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता डा. करण सिंहले भाजपा नेतृत्वको सरकारले गर्ने व्यवहारले नेपाल–भारत सम्बन्धको नयाँ दिशा तय हुने बताए । ‘नेपालको संविधान निर्माण प्रक्रिया र त्यसपछि भाजपा सरकारले अपनाएको नीति र देखाएको व्यवहार सही थिएन, जसको परिणाम अहिलेको आशंका र अविश्वास हो,’ डा. सिंहले नयाँ पत्रिकासँग भने, ‘नेपालमा भारतविरोधी जनमत र चीनप्रति सकारात्मक सरकार गठन भए पनि अब प्रधानमन्त्री ओलीले चीन र भारतलाई मिलाउने सन्तुलन अनि मोदीले नेपाललाई गर्ने व्यवहारले नेपाल–भारत सम्बन्धको भविष्य तय हुन्छ भन्ने मलाई लाग्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयशा शाक्यले पनि जितिन् स्वर्ण
आयशा शाक्यले पनि जितिन् स्वर्ण
नुवाकोटमा ५,८४९ घरको पुनःनिर्माण
नुवाकोटमा ५,८४९ घरको पुनःनिर्माण
भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी
भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चरणबद्ध रुपमा राज्यहरू पुन: खोल्ने योजना सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चरणबद्ध रुपमा राज्यहरू पुन: खोल्ने योजना सार्वजनिक
शिक्षामा बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह
शिक्षामा बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह
चीनबाट सिधै सामान ल्याउने ‘चाइनाबजार’ नेपालमा सुरु हुँदै
चीनबाट सिधै सामान ल्याउने ‘चाइनाबजार’ नेपालमा सुरु हुँदै
‘फ्रि भिसा’ भएको मलेशियामा भीएलएनको करोडौं लूट, कालो धन्दामा मन्त्रीको मौन समर्थन
‘फ्रि भिसा’ भएको मलेशियामा भीएलएनको करोडौं लूट, कालो धन्दामा मन्त्रीको मौन समर्थन
विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
सरकारलाई दिएको समर्थन रास्वपाले कायमै राख्ने
सरकारलाई दिएको समर्थन रास्वपाले कायमै राख्ने
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए