ज्ञानेन्द्र शाही राप्रपा प्रमुख सचेतक नियुक्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ४, २०७९
|
|
१६ पटक हेरिएको
Shares
ज्ञानेन्द्र शाही राप्रपा प्रमुख सचेतक नियुक्त

सारांश

  • काठमाडौं ।
  • ​​​​​​​ राप्रपा सांसद ज्ञानेन्द्र शाही पार्टीको प्रमुख सचेतक नियुक्त हुनुभएकाे छ ।
  • राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बुधबार प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयाे ।

काठमाडौं ।​​​​​​​ राप्रपा सांसद ज्ञानेन्द्र शाही पार्टीको प्रमुख सचेतक नियुक्त हुनुभएकाे छ । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बुधबार प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयाे ।

शाही मन्त्रीका आकांक्षी हुनुहुन्थ्याे । जुम्लाबाट जितेर आएका शाहीले आफू मन्त्री बन्ने भन्दै भोट माग्नुभएकाे थियाे । प्रचण्ड नेतृत्वको सरकारमा कर्णालीबाट शून्य प्रतिनिधित्व छ ।

आफूलाई पार्टीले उचित भूमिका नदिएको भन्दै शाही असन्तुष्ट बन्नुभएकाे थियाे । राप्रपाका निर्वाचित सातमध्ये चारजना मन्त्री बनिसक्नुभएकाे छ । सोही कारण अध्यक्ष लिङ्देनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएकाे हाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?