प्रधानमन्त्री ओली स्वदेश आइपुगे
सारांश
- काठमाडाै, १० असार ।
- चीनको ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली आइतबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन।
- उनलाई स्वागत गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत विमानस्थल पुगेका थिए।
काठमाडाै, १० असार । चीनको ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली आइतबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन।
उनलाई स्वागत गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत विमानस्थल पुगेका थिए।
चीनका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली १ सय १९ सदस्यीय जम्बो टोलिसहितयही असार ५ गते चीन भ्रमणमा गएका थिए।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङ, चिनियाँ समकक्षी लगायत उच्च नेताहरूसँग भेटवार्ता गरेका थिए। त्यस क्रममा नेपाल र चीनबीच १४ बुँदे सम्झौता भएको छ।
भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल परियोजना, दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, दुई देशबीचको सम्बन्ध मजबुत गर्ने, कार्गो सञ्चालनमा तिब्बतको राजमार्ग प्रयोग, रसुवागढीमा पुल निर्माण, मितेरीपुल निर्माण, ऊर्जा सहकार्य, उत्पादनमा लगानी तथा सहकार्य, मानव स्रोत सहकार्य, आर्थिक र प्राविधिक सहकार्य लगायतका सम्झौता भएका छन्।
चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको सरकारले जनाएको छ। प्रधानमन्त्री ओली गत शनिबार नेपाली महावाणिज्यदूतावास ल्हासाले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए।
नेपाली टोलीले क्युसी काउन्टीस्थित ‘चाइना नेशनल मोर्डन एग्रिकल्चर पाइलट जोन’को अवलोकन गरेको थियो। नेपाली प्रतिनिधिमण्डलले हिजै पोताला दरबार र जोखान मन्दिरको पनि भ्रमण गरेको थियो।
प्रतिक्रिया