मन्त्रीहरु फेरबदल हुन सक्ने प्रचण्डको संकेत !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मन्त्रीहरु फेरबदल हुन सक्ने प्रचण्डको संकेत !

सारांश

  • काठमाडौं , २० भदौं ।
  • जनताको तहमा देखिएको असन्तुष्टिलाई सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कामको आधारमा मन्त्रीको मूल्यांकन हुने बताएका छन् ।
  • प्रचण्डले सरकारको समीक्षा सुरु भएको र अब केही यस्तो कदम चाल्नुपर्ने हुन सक्ने बताएहुन।

काठमाडौं , २० भदौं । जनताको तहमा देखिएको असन्तुष्टिलाई सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कामको आधारमा मन्त्रीको मूल्यांकन हुने बताएका छन् ।
प्रचण्डले सरकारको समीक्षा सुरु भएको र अब केही यस्तो कदम चाल्नुपर्ने हुन सक्ने बताएहुन।  पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डले कोही एकजना मन्त्रीभन्दा राष्ट्र र पार्टी ठूलो भएको बताए । त्यसैले अब जो जो परे पनि केही स्टेप चाल्नुपर्ने बताएका हुन ।

दुर्इ अध्यक्षले यसलाई नजिकबाट छलफल गरिरहेका छन् । नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका हुन् । उनले आफ्नो–अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर हुन सक्ने बताए ।

‘मन्त्रीहरूको विषयमा केही न केही कदम चाल्नुपर्छ भन्ने नै छ । एउटा पक्षको छुँदा अर्को पक्षलाई नछुने भन्ने हुँदैन । जोसुकै पक्षको भए पनि कदम चाल्नुपर्छ भन्ने छ,’ प्रचण्डले भने, ‘सरकार र पार्टीलाई असफल बनाउने तथा जनतालाई निराश बनाउने अवस्था आएकाले केही न केही कदम चाल्छौँ ।’ पार्टीभित्र भइरहेको छलफलबाट प्राप्त निष्कर्षलाई सरकारको प्रभावकारितामा सहयोग पुर्याउन ठोस कदम चालिने बताउँदै उहाँले सरकारको विषयलाई लिएर पार्टी निरन्तर छलफलमा रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?