प्रधानमन्त्री कप क्रिकेट: रोमाञ्चक खेलमा प्रदेश नं. ३ र २ विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप क्रिकेट: रोमाञ्चक खेलमा प्रदेश नं. ३ र २ विजयी

सारांश

  • काठमाडौँ, १५ जेठ ।
  • काठमाडौँ जारी प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश नं.
  • २ र प्रदेश नं.

काठमाडौँ, १५ जेठ । काठमाडौँ जारी प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश नं. २ र प्रदेश नं. ३
विजयी भएका छन् ।

मंगलबार सम्पन्न ग्रुप ए अन्तरगतको खेलमा प्रदेश नं. २ ले ४ लाई ६७ रन र ग्रुप बि को प्रदेश नं. ३ ले प्रदेश नं. ६ लाई ३ विकेले हराएको हो ।

१५९ रनको लक्ष्य पाएको प्रदेश नं. ४ ले २८.५ ओभरमा सबै विकेट गमाउँदै ९१ रन मात्र बनाउन सक्यो । प्रदेश नं. ४ का लागि अनिल गुरुङले ३६ र सुमा घिमिरेले ३२ रन बनाउन बाहेक अन्य खेलाडिले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रदेश नं. २ का लागि संजम रेग्मीले मात्र १६ रन खर्चेर ५ विकेट लिए भने संसद शेखले आज पनि ४ विकेट लिन सफल भए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश नं. २ ले आफ्नो सबै विकेट गुमाउँदै १५८ मात्र बनाउन सकेको थियो । प्रदेश नं. २ का लागि विशाल शुस्लिङले २६ रसिद खानले १८, राहुल प्रताप सिंह र कप्तान मेहवुव आलमले समान १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लाएक पारी खेलेनन् ।त्यस्तै प्रदेश नं. २ लाई सस्तैमा समेट्ने क्रममा प्रदेश नं. ४ का हरी गौचन र अमृत गुरुङले समान ३÷३ विकेट लिए ।

त्यस्तै अर्को खेलमा प्रदेश नं. ३ ले प्रदेश नं. ६ लाई ३ विकेटले पराजित गरेको छ ।

किर्तिपुरमा भएको खेलमा १ सय ७९ रनको लक्ष्य प्रदेश नं. ३ ले ७ विकेटको क्षतिमा ३६.३ ओभरमै भेटेको थियो । जितका लागि प्रदेश नं. ३ का रुपेस श्रीवास्तव र किशोर महतोको नट आउट पारी महत्वपूर्ण रह्यो । रुपेसले ६३ बलको सामना गर्दा ६ चौका प्रहार गरेका थिए भने २८ बल खेलेका रुपेसले तिन चौका र एक छक्का प्रहार गरेका थिए । प्रदेश नं. ६ का चन्द्र विसीले एक्लै ६ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश नं. ६ ले ४७.४ ओभर खेल्दै सबै विकेट गुमाएर १७८ रन मात्र बनाएको थियो । १७८ रन बनाउने क्रममा प्रदेश नं. ६ का खेलाडि दिवस पुन र रविन्द्र साहिले अर्ध सतकिय पारी खेले । ६४ बल खेलेका दिवसले ३ चौकाको मद्दतमा ५२ रन बनाए भने रविन्द्र साहिले पनि ७९ बलमा ५ चौका प्रहार गर्दै समान ५२ रनको पारी खेले जुन टिमलाई जिताउन काफि भएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?