प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
४३ पटक हेरिएको
Shares
प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि

सारांश

  • काठमाडौं ।
  • प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २८ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने भएको छ ।
  • प्रतियोगिता त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा हुने नेपाली सेना सैनिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी मुनाल बस्नेतले जानकारी दिए ।

काठमाडौं । प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २८ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगिता त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा हुने नेपाली सेना सैनिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी मुनाल बस्नेतले जानकारी दिए ।

मुलुकको टेनिस खेलको विकासमा सहयोग पुर्याउने हेतुले सेनाले विसं २०७८ देखि यस प्रतियोगिता सञ्चालनमा ल्याएको हो । तहगतरुपबाट प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासेनानी बस्नेतले बताए ।

प्रतियोगितामा ३५ देखि ७० वर्ष उमेर समूहका खेलाडी आठ विधामा सिङ्गल, डबल र समूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक विधामा कम्तीमा आठ टोली हुनुपर्नेछ । प्रतियोगितामा विजयी हुने क्लबले रनिङ ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगितामा पुरुष र महिला सिङ्गल र समूहगत खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्रदान गरिने छ । उक्त प्रतियोगितामा भाग लिन चाहने व्यक्ति वा समूहले आजदेखि यही वैशाख २३ गतेसम्म दर्ता गराउनुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र युएईबीच श्रम सम्झौताको तयारी
नेपाल र युएईबीच श्रम सम्झौताको तयारी
न्यायका लागि छट्पटिरहनु दुःखद् हो : राष्ट्रपति भण्डारी
न्यायका लागि छट्पटिरहनु दुःखद् हो : राष्ट्रपति भण्डारी
मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै
मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै
ठेकेदारकै मिलेमतोमा ठेक्का प्रणाली
ठेकेदारकै मिलेमतोमा ठेक्का प्रणाली
सुनको भाउ तोलामा १९०० रुपैयाँले बढ्यो, छापावाल सुनको मूल्य २ लाख ८४ हजार कायम
सुनको भाउ तोलामा १९०० रुपैयाँले बढ्यो, छापावाल सुनको मूल्य २ लाख ८४ हजार कायम
एमाले २५ सिट, कांग्रेस १३ र माओवादी केन्द्र ११ सिटमा विजयी
एमाले २५ सिट, कांग्रेस १३ र माओवादी केन्द्र ११ सिटमा विजयी
जीप दुर्घटना हुँदा १० जनाको मृत्यु !
जीप दुर्घटना हुँदा १० जनाको मृत्यु !
नढाँट्ने ठग सुन्दरी:  प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
नढाँट्ने ठग सुन्दरी: प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र
स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी