प्रभु शाहलाई कारबाही गर्ने एमालेको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २५, २०७९
|
|
२१ पटक हेरिएको
Shares
प्रभु शाहलाई कारबाही गर्ने एमालेको तयारी

सारांश

  • काठमाडौ  ।
  • नेकपा एमालेले प्रभु शाहलाई कारबाही गर्ने तयारी गरेको छ ।
  • एमालेको स्थायी कमिटी सदस्य समेत रहेका प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि पार्टीले कारबाही गर्ने तयारी सुरु गरेको हो ।

काठमाडौ  । नेकपा एमालेले प्रभु शाहलाई कारबाही गर्ने तयारी गरेको छ । एमालेको स्थायी कमिटी सदस्य समेत रहेका प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि पार्टीले कारबाही गर्ने तयारी सुरु गरेको हो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि कारबाहीको तयारी थालिएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुुसार साहमाथि कारबाही गर्ने विषयमा पार्टी नेतृत्वभित्र छलफल चलिरहेको छ ।

गत आइतबार मनोनयन दर्ताको दिन अन्तिम समयमा साहले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । तर, उनले आफूले एमालेबाटै उम्मेदवारी दर्ता गर्ने बताएका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा जानकारी गराएका छन् ।

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?