सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान

सारांश

  • बर्दिवास, १३ मङ्सिर, महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
  • स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका छात्रछात्रालाई ‘स्व कृष्णप्रसाद पौडेल स्मृति छात्रवृत्ति कोष’ले बुधबार छात्रवृत्ति प्रदान गरेको हो ।
  • विद्यालयका कक्षा १ देखि १२ सम्मका उत्कृष्ट तीन÷तीन र अन्य पाँच गरीब परिवारका दलित छात्रछात्रा र अपाङ्गता भएका सहित जम्मा ४१ जनालाई स्व पौडेलका कान्छा छोरा सुवर्ण पौडेलले छात्रवृत्तिस्वरुप जनही रु ४०० प्रदान गर्नुभएको प्रधानाध्यापक भरतप्रसाद यादवले जानकारी दिनुभयो ।

बर्दिवास, १३ मङ्सिर, महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका छात्रछात्रालाई ‘स्व कृष्णप्रसाद पौडेल स्मृति छात्रवृत्ति कोष’ले बुधबार छात्रवृत्ति प्रदान गरेको हो ।

विद्यालयका कक्षा १ देखि १२ सम्मका उत्कृष्ट तीन÷तीन र अन्य पाँच गरीब परिवारका दलित छात्रछात्रा र अपाङ्गता भएका सहित जम्मा ४१ जनालाई स्व पौडेलका कान्छा छोरा सुवर्ण पौडेलले छात्रवृत्तिस्वरुप जनही रु ४०० प्रदान गर्नुभएको प्रधानाध्यापक भरतप्रसाद यादवले जानकारी दिनुभयो ।
विसं २०७४ कात्तिक ११ गते ९१ वर्षको उमेरमा निधन हुनुभएका स्व पौडेलको १३ औँ पुण्यतिथिका दिन छोरा सुवर्णले विद्यालयमा उक्त कोषका लागि रु एक लाख ५१ हजार जम्मा गर्नुभएकामा सो को व्याजबाट छात्रवृत्ति उपलब्ध गराइएको थियो ।

यसअघि उहाँले विद्यालयलाई एक बिघा (२० कठ्ठा),स्वास्थ्यचौकी भवन निर्माणका लागि पाँच कठ्ठा र नेपाल रेडक्रस सोसाइटी बिजलपुरा उपशाखा भवन निर्माणका लागि पाँच कठ्ठा जमीन पनि उपलब्ध गराउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिल्मी शैलीमा श्रीमतीलाई भिडियो कल गर्दै प्राण त्याग
फिल्मी शैलीमा श्रीमतीलाई भिडियो कल गर्दै प्राण त्याग
छाप्रोमा भूकम्पपीडितको दशैं…
छाप्रोमा भूकम्पपीडितको दशैं…
भु– संरक्षण दिवशको अवसर पारेर लायन्स  क्लवले सिद्धबाबा धार्मिक बन बुटवल ३ मा बृक्षारोपण,
भु– संरक्षण दिवशको अवसर पारेर लायन्स क्लवले सिद्धबाबा धार्मिक बन बुटवल ३ मा बृक्षारोपण,
आज विश्वको आँखा रसियामा, विश्वकप फाइनल- फ्रान्स र क्रोएसिया भिड्दै
आज विश्वको आँखा रसियामा, विश्वकप फाइनल- फ्रान्स र क्रोएसिया भिड्दै
Ute Park evacuates as fire swells to more than 27,000 acres
Ute Park evacuates as fire swells to more than 27,000 acres
विश्वकप क्रिकेट: समूह चरणमा शतप्रतिशत जित निकाल्ने एक्लो टिम भारत
विश्वकप क्रिकेट: समूह चरणमा शतप्रतिशत जित निकाल्ने एक्लो टिम भारत
अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई  नियन्त्रणमा लिन शुरु
अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई  नियन्त्रणमा लिन शुरु
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि वीपी राजमार्गमा चक्काजाम
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि वीपी राजमार्गमा चक्काजाम
अष्ट्रेलियालाई हराउदै भारत ले गर्यो सिरिज १–१ को बराबरी
अष्ट्रेलियालाई हराउदै भारत ले गर्यो सिरिज १–१ को बराबरी
एकरातमै यसरी सखाप भयो सुन्दर खाडागाउँ !
एकरातमै यसरी सखाप भयो सुन्दर खाडागाउँ !

तपाईंले छुटाउनुभयो कि?