‘पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्छु’ : डा. केसी

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
४२ पटक हेरिएको
Shares
‘पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्छु’ : डा. केसी

सारांश

  • काठमाडौं, पुस २९ ।
  • सरकारसँग ५ बुँदे सम्झौता गरेसँगै त्रिवि शिक्षण अस्पतालका डा.
  • गोविन्द केसीले आमरण अनसन अन्त्य गरेका छन् ।

काठमाडौं, पुस २९ । सरकारसँग ५ बुँदे सम्झौता गरेसँगै त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले आमरण अनसन अन्त्य गरेका छन् । तर, प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्ने चेतावनी दिए ।

शनिबार अनसन तोडेपछि डा. केसीले निश्पक्ष छानविनका लागि पराजुलीले राजीनामा दिनु पर्ने बताए । पराजुली, जो महाभ्रष्ट, अपराधी र माफिया हुन् । म त्यसको विरुद्ध लडेको हुँ र अहिले पनि लडिराख्छु’ उनले भनेका छन् ।

उनले अघि भने, जबसम्म प्रधानन्यायाधीश पदबाट हट्दैनन्, राजीनामा दिएर वा के गरेर होस्, त्यो छानविन निश्पक्ष हुन सक्दैन । निश्पक्ष नहुँदासम्म अदालतको मर्यादा गिर्छ । अदालतप्रति जुन विश्वास छ, त्यो रहँदैन ।’

अदालतको मर्यादा कायम राख्न पनि पराजुलीले राजीनामा दिनु पर्ने उनले बताए । डा. केसीले भने, दिँदैनन् भने म फेरि सत्याग्रहसहित आन्दोलन सुरु गर्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?