प्रमुख निर्वाचन आयुक्त यादवले किन गरे राजिनामा दिने कुरा ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
३९ पटक हेरिएको
Shares
प्रमुख निर्वाचन आयुक्त यादवले किन गरे राजिनामा दिने कुरा ?

सारांश

  • काठमाडौं, १८ पुस ।
  • प्रमुख निर्वाचन आयुक्त डा.
  • अयोधिप्रसाद यादवले आफूले एमाले नेताहरुले कानून नबुझेको भनेर रिपोर्टर्स क्लब नेपालमा बोलेको भनेर लगाइएको आरोपको खण्डन गरेका छन् ।

काठमाडौं, १८ पुस । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आफूले एमाले नेताहरुले कानून नबुझेको भनेर रिपोर्टर्स क्लब नेपालमा बोलेको भनेर लगाइएको आरोपको खण्डन गरेका छन् ।

सोमबार आयोगको ध्यानाकार्षण गराउन आयोग परिसर पुगेका वाम गठबन्धनका नेताहरुसँग प्रमुख आयुक्त यादवले यस्तो उद्धघोष गरेका हुन् । बैठकको सुरुवातमै एमाले नेता सुवासचन्द्र नेम्बाङ्ले यादवलाई प्रश्न तेर्साएका थिए, ‘तपाईले त मलाई कानुन नै नबुझेको भनेर हिजो आरोप लगाउनुभएछ, किन यस्तो आरोप लगाउनुभयो ?’

नेम्बाङको प्रश्न भुईंमा खस्न नपाउँदै यादवले कडा जवाफ दिए । उनले पनि जवाफ दिइहाले, ‘यो गलत अफवाह हो, मैले यस्तो कुरा बोलेकै छैन, तपाईहरु मैले यसरी बोलेको कुराको टेप ल्याईदिनुहोस्, म अहिले नै पदबाट राजिनामा दिन्छु, म पनि जिम्मेवारी व्यक्ति हुँ नि ।’

नेम्बाङले मात्रै नभएर एमाले उपाध्यक्ष भीम रावल र माओवादी केन्द्रका नेता रामनारायण विडारीले पनि अयोधिलाई प्रश्न तेर्साएका थिए ।

नेता विडारीले भने, ‘तपाईको रिपोर्टर्स क्लबमा बोलेको विषयमा एकछिन त चर्काचर्की नै पर्यो, उहाँले मैले त्यस्तो बोलेकै छैन भनेर कबुल गर्नुभएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?