प्रम ओलीको मृगौला प्रत्यारोपण यसरी हुनेछ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २, २०७६
|
|
२२ पटक हेरिएको
Shares
प्रम ओलीको मृगौला प्रत्यारोपण यसरी हुनेछ

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले नियमित डायलसिसभन्दा मृगौला पुनः प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।
  • ओलीका निजी चिकिसत्क डा.
  • दिव्या सिंह शाहले मृगौला प्रत्यारोपणको सुझाव दिएको खुलासा गरिसकेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले नियमित डायलसिसभन्दा मृगौला पुनः प्रत्यारोपण गर्न सुझाव दिएका छन् । ओलीका निजी चिकिसत्क डा. दिव्या सिंह शाहले मृगौला प्रत्यारोपणको सुझाव दिएको खुलासा गरिसकेकी छिन् ।

ओलीलाई विदेशमै मृगौला प्रत्यारोपण गर्न सुझाव दिइएपछि तयारी अगाडि बढेको छ । १२ वर्ष अघि भारतको नयाँ दिल्लीमा मृगौला प्रत्यारोपण गरेका ओलीले पछिल्लो समय सिंगापुरमा नियमित चेकजाँच गरे । उनी साउन र भदौमा दुईपटक सिंगापुर गए ।

नियमित डायलसिल ग्रान्डी अस्पतालमा गर्छन् । अब उनको मृगौला प्रत्यारोपण अमेरिका या सिंगापुरमा हुनसक्ने बुझिएको छ । चिकित्सकले अमेरिकामा गर्न सुझाव दिएका छन् ।

ओलीको मृगौला प्रत्यारोपणका लागि एकजना आफन्तलाई तयार गरिसकिएको बुझिएको छ । झापा घर भएका ती आफन्तको मृगौला म्याच समेत भएकोले पुनः प्रत्यारोपण प्रक्रिया अगाडि बढाइएको विश्वस्त स्रोतले जानकारी दियो ।

मृगौला म्याच भएका आफन्त पनि प्रत्यारोपण गरिने देशको अस्पताल पुर्याइने छन् । सम्भवत मंसिर महिनाभित्रै ओलीको पुनः प्रत्यारोपण हुने गरी प्रक्रिया थालिसकिएको छ । मृगौला प्रत्यारोपणका लागि डा. दिव्या सिंह सक्रिय भइसकेकी छिन् ।

यता, ओलीले मृगौला पुनः प्रत्यारोपणमा जानुअघि महत्वपूर्ण निर्णयहरु गरिरहेका छन् । उनले मन्त्रिमण्डलको पुर्नगठन समेत गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?