नीमा घर्ती मगरले उसुमा जितिन् स्वर्ण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
२७ पटक हेरिएको
Shares
नीमा घर्ती मगरले उसुमा जितिन् स्वर्ण

सारांश

  • काठमाडौं।
  • १३औं सागमा निमा घर्तिमगरले उसुको नानछ्वान अलराउन्डबाट स्वर्ण जितेकी छिन्।
  • पहिलो राउन्डमा ९.

काठमाडौं। १३औं सागमा निमा घर्तिमगरले उसुको नानछ्वान अलराउन्डबाट स्वर्ण जितेकी छिन्।

पहिलो राउन्डमा ९.१३ अंक जोडेकी निमाले बिहीबार भएको दोस्रो राउन्डमा ९.६० अंक ल्याइन्। निमाले समग्रमा १८.९१ अंक प्राप्त गरिन्।

यो स्पर्धामा बंगलादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी सन्जु कुमारी भइन्।

योसँगै निमाले सागमा लगातार दुई स्वर्ण जितिन्। उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी बनिन्।

निमाले भारतमा भएको १२औं सागमा पनि स्वर्ण जितेकी थिइन्। त्यो नेपालले जितेको तीन स्वर्ण मध्ये एक थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?