प्रम ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणको निम्तो दिएका छन् ।
- बिमस्टेक सम्मेलनमा भाग लिन आएका मोदीलाई पशुपति धर्मशाला उदघाटनको क्रममा लुम्बिनी भ्रमणको निम्तो दिएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणको निम्तो दिएका छन् ।
बिमस्टेक सम्मेलनमा भाग लिन आएका मोदीलाई पशुपति धर्मशाला उदघाटनको क्रममा लुम्बिनी भ्रमणको निम्तो दिएका हुन् ।
प्रधानमन्त्री ओलीले मोदीको अघिल्लोपटक जनकपुर र मुक्तिनाथ मन्दिरको भ्रमणले नेपालको पर्यटनमा उल्लेख्य योगदान पुगेको उल्लेख गरे । “तपाईंको लुम्बिनी भ्रमणले बुद्धको जन्मस्थल, बुद्ध धर्मको महत्व र लुम्बिनीलाई बुद्धदर्शनको मुहानका रुपमा विश्वव्यापीरुपमा चिनाउन थप मद्दत मिल्नेछ” उनले भने ।
मोदी प्रधानमन्त्री भएपछि चौथो पटक नेपाल भ्रमण गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा गर्दै यसबाट आपसी आत्मीय सम्बन्ध अझ मजबुत हुँदै गएको बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया