प्रस्तावित राजदुतहरुको सुनुवाई प्रक्रिया सुरु
सारांश
- संसदीय सुनुवाई समितिमा अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु भएको छ।
- संसदीय समितिले प्रक्रिया सुरु गर्दै प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान गरेको छ।
- बुधबार बसेको सुनुवाई समितिको बैठकले भोलिबाट लागू हुनेगरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा.
संसदीय सुनुवाई समितिमा अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु भएको छ। संसदीय समितिले प्रक्रिया सुरु गर्दै प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान गरेको छ।
बुधबार बसेको सुनुवाई समितिको बैठकले भोलिबाट लागू हुनेगरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्व मुख्य् सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत डा. निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरेको हो। संसदीय समितिको कार्यविधि २०७५ को दफ १२ बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया