केपी ओलीको गृहजिल्ला झापामा राप्रपाको ह्याट्रिक
सारांश
- झापा ।
- एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन स्थानीय निकायमा आफ्नो जित दर्ता गर्दै ह्याट्रिक गरेको छ ।
- राप्रपाले झापाको गौरीगञ्ज गाउँपालिका, कचनकवल गाउँपालिका र हल्दीबारी गाउँपालिका जितेको छ ।
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन स्थानीय निकायमा आफ्नो जित दर्ता गर्दै ह्याट्रिक गरेको छ । राप्रपाले झापाको गौरीगञ्ज गाउँपालिका, कचनकवल गाउँपालिका र हल्दीबारी गाउँपालिका जितेको छ ।
गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी भएका छन् । उनी ३ हजार ७ सय ४० मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी कांग्रेसका फूलवती राजवंशीले ३ हजार ४ सय ५३ मत प्राप्त गरिन् ।
उपप्रमुखमा भने कांग्रेसका दिपेन्द्र थापा विजयी भएका छन् । उनले ३ हजार ४ सय १४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्दी एमालेकी उम्मेदवार मोनिका राईले २ हजार ८ सय १७ मत ल्याइन् ।
त्यस्तै हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङदेन विजयी भएका छन् । उनी ३ हजार ९ सय ४३ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा एमालेका डम्बर बहादुर गुरुङ विजयी भएका छन् ।
यस्तै कचनकवल गाउँपालिकाको अध्यक्षमा राप्रपाका अञ्जरा आलाम विजयी भएका छन् ।
आलामले ५ हजार ८१६ मत प्राप्त गरी विजयी हासिल गर्नुभएको निर्वाचन अधिकृत जेवी बहादुर भण्डारीले बताए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशीले ५ हजार ३५३ मत प्राप्त गरको छन् ।
त्यसैगरी, उपाध्यक्ष पदमा राप्रपाकै निम्सरा राजवंशीले ५ हजार ७७४ मत प्राप्त गरी विजयी भएकी छिन् ।
प्रतिक्रिया