यस्तो रह्यो उपराष्ट्रपतिको चीन भ्रमण (फोटोसहित)
सारांश
- काठमाडौं, ८ असोज ।
- उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।
- ६ दिने औपचारिक भ्रमणका क्रममा भएका भेटवार्ता तथा कार्यक्रमहरुबारे उपराष्ट्रपतिको निजी सचिवालयले प्रेस नोटमार्फत जानकारी गराएको छ ।
काठमाडौं, ८ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । ६ दिने औपचारिक भ्रमणका क्रममा भएका भेटवार्ता तथा कार्यक्रमहरुबारे उपराष्ट्रपतिको निजी सचिवालयले प्रेस नोटमार्फत जानकारी गराएको छ ।
प्रेस नोट
o सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यू जनवादी गणतन्त्र चीन सरकारको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ । उहाँले भ्रमणको अवसरमा सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनुका साथै द्विपक्षीय उच्चस्तरीय भेटघाट र विभिन्न ऐतिहासिक, सांस्कृतिक र व्यापारिक महत्वका स्थानहरूको अवलोकन गर्नु भयो ।
o समग्रमा सम्माननीय उपराष्ट्रपतिज्यूको चीन भ्रमण अत्यन्त फलदायी रह्यो । भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र सहयोगलाई थप विस्तार गर्न मद्दत पु¥याएको छ । उहाँले चिनियाँ सरकारका उच्चस्तरीय पदाधिकारीहरू तथा सम्बन्धित पक्षहरू र अन्तर्र्रािष्ट्रय समुदाय समक्ष नेपालका आवश्यकताहरूलाई स्पष्ट रूपमा राख्नु भयो । भ्रमणका क्रममा भएका छलफलमा चिनियाँ पक्ष जलविद्युत, कृषि, पर्यटन, जडिबुटी, पूर्वाधार निर्माण, व्यापार, वैदेशिक लगानी, प्रविधि हस्तान्तरण एवं यूवा विकास लगायतका क्षेत्रहरूमा पारस्परिक हितका लागि द्विपक्षीय सहयोग र सहकार्यलाई अझै फराकिलो बनाउन सकारात्मक रह्यो ।
o भ्रमणका क्रममा सम्माननीय उपराष्ट्रपतिज्यूसँग चीनका उपप्रधानमन्त्री महामहिम श्री हु चुङह्वाले छेन्दुमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा उपराष्ट्रपतिज्यू र चीनका उपप्रधानमन्त्रीज्यूबीच नेपाल र चीनबीचको मैत्रीपूर्ण निकट सम्बन्धका विविध पक्षहरुमा कुराकानी भयो । भेटमा उपराष्ट्रपतिज्यूले नेपालको एक चीन नीतिप्रतिको अविचलित प्रतिबद्धता व्यक्त गर्दै हालैका वर्षहरुमा भएका द्विपक्षीय उच्चस्तरीय भ्रमण तथा सिमावारपार रेल्वे विकास, यातायात तथा पारवहन, बिआरआई जस्ता महत्वपूर्ण समझदारी र सम्झौताबाट दुई मुलुकबीचको ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलमा आधारित सम्बन्ध थप सुदृढ भएको धारणा राख्नुभयो । साथै, उहाँले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनु र भइरहेका सन्धि सम्झौताको कार्यान्वयनलाई तीब्रता दिनु र ‘समृद्ध नेपाल र सुखी नेपाली’को मूल लक्ष्य हासिल गर्नु नै नेपालको प्राथमिकता रहेको बताउनुभयो । उहाँले नेपालको व्यापार घाटा कम गराउनका लागि नेपालको उत्पादन क्षमता विस्तार गर्न, तातोपानी, कोदारी, हिल्सा र ओलाङ्चुङ्ग नाका खोल्न, सडक निर्माण र नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन आग्रह गर्नभयो । सम्माननीय उपराष्ट्रपतिज्यूले राख्नसभएको धारणामा चीनका महामहिम उपप्रधानमन्त्रीज्यूले सहमति जनाउनुहुँदै दुई मुलुकका जनताको हितमा आपसी सम्बन्धलाई वितार गर्न आफूले सक्दो प्रयत्न गर्ने बताउनुभयो ।
o सम्माननीय उपराष्ट्रपतिज्यूले सेप्टेम्बर २० तारिखमा १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्नुभयो र नेपाली व्यवसायीहरुको स्टलहरुको अवलोकन गर्नुभयो । सोही दिन अपरान्ह छेन्दुमा मेलाको अवसरमा “Opening and Sharing, Making Progress Together” ljifodf cfof]lht The Belt and Road Cooperation Development Conference on Business Community of Shared Future मा मुख्य वक्तव्य दिनुभयो । 
o सम्माननीय उपराष्ट्रपतिज्यूले मेलाको उद्घाटन शत्र र सम्मेलनमा नेपालमा प्रचुर सम्भावना भएका माथि उल्लिखित क्षेत्रहरूमा चिनियाँ लगानीको लागि अनुरोध गर्नुभयो । उहाँले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा चिनियाँ पर्यटकको संख्या वृद्धि गरी नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पु¥याउन चिनियाँ पर्यटन व्यवसायी एवं उद्यमीहरुलाई अनुरोध गर्नुभयो । साथै, हिमालय वारपार बहुआयामिक सम्पर्क सन्जाल (Trans- Himalayan Multi- Dimensional Connectivity Network) को बृहत्तर फ्रेमवर्क भित्र रही सहयोग अभिवृद्धि गर्न दुबै देश प्रतिवद्ध रहेकाले चिनियाँ सहयोगको लागि जोड दिनुभयो । 
o सम्माननीय उपराष्ट्रपतिज्यूसँग चिनियाँ कम्युनिष्ट पार्टीका सिचुवान प्रान्त सचिव महामहिम श्री पेङ छिङह्वाले शिष्टाचार भेट गर्नुभयो । भेटमा सम्माननीयज्यूले नेपालसँग भौगोलिक, सांस्कृतिक रूपले निकट तथा सिधा हवाई सम्पर्कले जोडिएको पश्चिमी चीनको आर्थिक तथा यातायात केन्द्रको रूपमा विकसित भइरहेको सिचुवान प्रान्तको विकास, आधुनिक प्रविधिको प्रयोग र कनेक्टिभिटीका योजनाहरूबाट दुवै मुलुक लाभान्वित हुन सक्नेमा जोड दिनुभयो । उहाँले नेपालमा वैदेशिक लगानी मैत्रीपूर्ण वातावरण भएकोले चिनियाँ लगानी वृद्धि र प्रविधि हस्तान्तरणका लागि अनुरोध गर्नुभयो ।
o सम्माननीयज्यूसँग यीविन नगरका पार्टी तथा सरकारी पदाधिकारीहरूको पनि भेटघाट गरे । उहाँले हालैमात्र पोखरा शहर र यीविन नगरबीच स्थापना भएको भगिनी सम्बन्धले दुई शहरबीच पारस्परिक सहयोग वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । भ्रमणको क्रममा उहाँले सिचुवान युनिभर्सिटी अफ साइन्स एण्ड इन्जिनियरिङ्ग, लीच्वाङ्ग आर्थिक क्षेत्र, यीविन बन्दरगाह, लिछ्वाङ्ग प्राचिन शहरमा स्थीत मेडिसिन स्कुल अफ तोङ्गजी यूनिभर्सिटी, सिचुवान बाँस समुद्र क्षेत्र लगायतका ऐतिहासिक, सामुदायिक तथा औद्योगिक स्थलहरूको अवलोकन गर्नुभयो ।
o सम्माननीयज्यूले लुम्बिनीसँग भगिनी सम्बन्ध रहेको विश्वप्रसिद्ध प्राचीन सम्पदायुक्त लसान शहरको भ्रमण तथा त्यहाँका पार्टी तथा सरकारी पदाधिकारीहरूसँग छलफल गर्नुभयो । साथै, सन् २००८ मा सिचुवान प्रान्तमा गएको महाभूकम्पपछि पुनर्निर्मित जीउलङ्ग सामुदायिक आवास तथा तुजिङ्गयाङ्गयान संग्राहलयको पनि अवलोकन गर्नुभयो ।
o सम्माननीय उपराष्ट्रपतिज्यूको नेतृत्वको प्रतिनिधि मण्डलमा उपराष्ट्रपति कार्यालयका विज्ञ, सचिव, चीनका लागि नेपाली राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सहभागिता हुनुहुन्थ्यो ।
ज्ञण्। चीन भ्रमणको लागि मिलाइएको उत्कृष्ट प्रबन्ध तथा प्रदान गरिएको न्यानो आतिथ्यताको लागि सम्माननीय उपराष्ट्रपतिज्यूले जनवादी गणतन्त्र चीन सरकार तथा सिचुवान प्रान्तीय जनसरकारलाई हार्दिक धन्यवाद दिनु भएको छ ।
o सम्माननीय उपराष्ट्रपतिज्यू चीनको औपचारिक भ्रमणका लागि २०७५ असोज ३ गते चीन प्रस्थान गर्नुभएको थियो ।
प्रतिक्रिया