डलरको भाउ बढेर बनायो रेकर्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०८०
|
|
२१ पटक हेरिएको
Shares
डलरको भाउ बढेर बनायो रेकर्ड

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ।
  • जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ। जसअनुसार, आज एक डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ३६ पैसा र बिक्री दर १४६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८७ पैसा र बिक्री दर १६६ रुपैयाँ ६२ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१७ रुपैयाँ र बिक्री दर ८७.५६ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ०० पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ ३० पैसा र बिक्री दर १० रूपैयाँ ३५ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ र बिक्री दर ३५.६४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६३ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.६७ पैसा र विक्रीदर ४३३.६२ पैसामा कारोबार हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?