प्रहरीकै सामु जिल्लामा आगो लगाउने धम्की

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ३, २०७६
|
|
२८ पटक हेरिएको
Shares
प्रहरीकै सामु जिल्लामा आगो लगाउने धम्की

सारांश

  • रौतहट बमकाण्डको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद महमद अफ्ताव आलमले जिल्लामा आगो लगाउने धम्की दिएपछि चौतर्फी चर्चा र विरोध भइरहेको छ ।
  • दुई मिनेट १८ सेकेण्डको भिडियोमा पुर्पक्षका लागि जेल चलान गर्ने जिल्ला अदालतको आदेशपछि आक्रोशित भएका आलमले प्रहरीकै सामुन्ने अशान्ति फैल्याउने र प्रहरीलाई नै हत्कडी लगाउने चेतावनी दिएका छन् ।
  • ललितपुरको नख्खु कारागारमा ल्याउनुअघि आलमले आफनो बिरुद्धमा लाग्नेलाई मार्नेसम्मको धम्की दिएका छन् ।

रौतहट बमकाण्डको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद महमद अफ्ताव आलमले जिल्लामा आगो लगाउने धम्की दिएपछि चौतर्फी चर्चा र विरोध भइरहेको छ । दुई मिनेट १८ सेकेण्डको भिडियोमा पुर्पक्षका लागि जेल चलान गर्ने जिल्ला अदालतको आदेशपछि आक्रोशित भएका आलमले प्रहरीकै सामुन्ने अशान्ति फैल्याउने र प्रहरीलाई नै हत्कडी लगाउने चेतावनी दिएका छन् ।

ललितपुरको नख्खु कारागारमा ल्याउनुअघि आलमले आफनो बिरुद्धमा लाग्नेलाई मार्नेसम्मको धम्की दिएका छन् । १२ वर्षअघिको रौतहट बमकाण्डमा संलग्नको अभियोगमा गत असोज २६ गते पक्राउ परेका आलमले जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासत कक्षमा लैजाने क्रममा पनि धम्की दिएका थिए ।

गाडीको अगाडि सिटमा बसेका आलमले प्रहरी तर्फ औला ठड्याउदै र हात बजार्दै आलमले एसपी भूपेन्द्र खत्री र डीएसपी नविन कार्कीलाई हत्कडी लगाउनेसम्मको धम्की दिएको यो भिडियोले राजनीतिको आडमा नेता र सांसदले जे पनि गर्छन भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

आलमलाई कात्तिक १८ गते जिल्ला न्यायाधिवक्ताको कार्यालय, रौतहटले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण कसुरमा ३० वर्ष कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । कात्तिक २९ गते न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई प्राप्त प्रमाणका आधारमा पुर्पक्षमा राखेर मुद्दाको अनुसन्धान हुने आदेश दिएको थियो ।

आदेश लगत्तै न्यायाधीश ढकाल र न्यायाधिवक्ता खडिन्द्रराज कटवाल रौतहटबाट राति नै प्रहरी ‘एस्कर्टिङ’ मा काठमाडौं आएका थिए । पहिलो संविधानसभाको निर्वाचन ताका २०६४ सालमा आलमले बुथ कब्जा गर्ने मनसायले बम बनाउन लाग्दा बम विष्फोट भई घाइते भएकालाई जिँउदै जलाएको आरोप लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो
फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो
काठमाडौंमा सुषमा स्वराज, स्वागतमा उदय शमशेर
काठमाडौंमा सुषमा स्वराज, स्वागतमा उदय शमशेर
कप्तान पारस खड्का ‘मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित
कप्तान पारस खड्का ‘मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित
बुद्ध बेच्न हिडेकाहरु…
बुद्ध बेच्न हिडेकाहरु…
विप्लवले प्रचण्डलाई निसाना बनाउन खोजेकै हुन्?
विप्लवले प्रचण्डलाई निसाना बनाउन खोजेकै हुन्?
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा
कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा
Nepal’s peace process a new model for world: CPN Chair Dahal
Nepal’s peace process a new model for world: CPN Chair Dahal
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
मालीमा घटनाको राष्ट्रसंघ प्रमुखद्वारा भत्र्सना
मालीमा घटनाको राष्ट्रसंघ प्रमुखद्वारा भत्र्सना

तपाईंले छुटाउनुभयो कि?