निर्धारित तालिकाभन्दा एक दिन अघि नै राष्ट्रपति स्वदेश फिर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
२३ पटक हेरिएको
Shares
निर्धारित तालिकाभन्दा एक दिन अघि नै राष्ट्रपति स्वदेश फिर्ता

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर आज स्वदेश फर्किएकी छन् ।
  • ९ दिने चीनको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि निर्धा्रित समयभन्दा एक दिन अगाडि नै स्वदेश फर्किएकी हुन् ।
  • चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर आज स्वदेश फर्किएकी छन् ।

९ दिने चीनको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि निर्धा्रित समयभन्दा एक दिन अगाडि नै स्वदेश फर्किएकी हुन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन । समुद्री सतहबाट ११ हजार ९७५ (३६५९) मिटरमा अवस्थित ल्हासामा तल्लो सतहबाट सीधै जाँदा हाई अल्टिच्युड हुने गर्छ ।

उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गरेका हुन् । राष्ट्रपति भण्डारीसँग भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमण उपलब्धीमुलक भएको जानकारी दिएका छन् ।

बैशाख ११ गते चीन गएकी राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा चिनिया समकक्षी सी, चीनका प्रधानमन्त्रीलगायत उच्च नेताहरुसँग भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?