चलचित्र निर्देशक यादवको निधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ३० साउन – मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ ।
  • सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिए ।
  • उनी मधुमेह र रक्तचापको रोगी थिए ।

काठमाडौं ३० साउन – मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिए । उनी मधुमेह र रक्तचापको रोगी थिए । पछिल्लो समय ‘कलंक’ नामक मैथिली चलचित्रको निर्माणमा व्यस्त रहेका थिए ।

यादव एक दशकदेखि मैथिली कलाक्षेत्रमा सक्रिय थिए । एक दर्जनभन्दा बढी मैथिली चलचित्रको निर्देशन तथा अभिनय गरेका उनले राधा सँग मोहन, जान सन, हिरो तोहर दिवाना, प्रेमरोग लगायत चलचित्र निर्माण गरेका छन् ।

उनले ‘मैथिली खुशी’ युट्युव च्यानलमार्फत् मैथिली हास्यव्यंग्यका करीब दुई सय शृङ्खला निर्माण गरेका छन् । “यादव रामलाल, फूलमतीया र जनकपुरवालीको नामले मैथिलीभाषी दर्शकबीच चर्चित हुनुहुन्थ्यो,” मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले बताए । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता
युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता
ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’
ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’
अबको प्रधानमन्त्री केपी शर्मा ओली : प्रचण्ड
अबको प्रधानमन्त्री केपी शर्मा ओली : प्रचण्ड
कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
प्रधानमन्त्रीले असहयोग गरेका राउटेहरुलाई पुन र शेर्पाले गरे सहयोग
प्रधानमन्त्रीले असहयोग गरेका राउटेहरुलाई पुन र शेर्पाले गरे सहयोग
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन
कांग्रेसबाट ५ जनाको समानुपातिक सांसद पद ‘खोसियो’ ?
कांग्रेसबाट ५ जनाको समानुपातिक सांसद पद ‘खोसियो’ ?
प्रहरीमा दोहोरो ‘चेन अफ कमान्ड’
प्रहरीमा दोहोरो ‘चेन अफ कमान्ड’
डिआइजी र एसएसपीको सरुवा,काठमाडौंमाआए लामा
डिआइजी र एसएसपीको सरुवा,काठमाडौंमाआए लामा

तपाईंले छुटाउनुभयो कि?