पार्टी निर्माणको काममा लाग्न पूर्व वाणिज्य मन्त्री थकालीको निर्देशन !
सारांश
- मुस्ताङ, ८ जेठ ।
- पूर्व वाणिज्य मन्त्री एवम् नेपाली काँग्रेसका नेता रोमी गौचन थकालीले सम्पूर्ण लोकतन्त्रवादी युवाहरुलाई संगठित भएर पार्टी निर्माणको काममा अगाडि बढ्न निर्देशन दिएका छन।
- शनिवार मुस्ताङको जोमसोममा नेपाल तरुण दल मुस्ताङको कार्यसमितिद्वारा आयोजित प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै थकालीले कम्युनिष्ट शक्तिहरु एक भएका बेला लोकतन्त्रवादी युवाहरुको भूमिका अझै बढेको बताए ।
मुस्ताङ, ८ जेठ । पूर्व वाणिज्य मन्त्री एवम् नेपाली काँग्रेसका नेता रोमी गौचन थकालीले सम्पूर्ण लोकतन्त्रवादी युवाहरुलाई संगठित भएर पार्टी निर्माणको काममा अगाडि बढ्न निर्देशन दिएका छन।
शनिवार मुस्ताङको जोमसोममा नेपाल तरुण दल मुस्ताङको कार्यसमितिद्वारा आयोजित प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै थकालीले कम्युनिष्ट शक्तिहरु एक भएका बेला लोकतन्त्रवादी युवाहरुको भूमिका अझै बढेको बताए । 
उनले भने ‘अहिले दुई कम्युुनिष्ट शक्ति भए पनि लोकतन्त्रवादी युवाहरु एक हुने हो भने देशैभर काँग्रेसको लहर आउँछ । पूर्वमन्त्री थकालीले केपी ओली नेतृत्वको सरकार अधिनायकवाद तर्फ उन्मुख भएका अाराेप लगाउँदै लोकतन्त्रवादी युवा, विद्यार्थी लगायत सम्पूर्ण जनसमुदाय नै चनाखो भएर बस्नुपर्ने तर्क गरे ।
लोकतन्त्र जोगाउँन युवाहरुको अहम् भूमिका रहेको बताउँदै पूर्वमन्त्री थकालीले पार्टीको संगठन निर्माणमा ध्यान दिन आवश्यक रहेको बताए । तरुण दलको अभियान शान्ति, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ भएको कार्यक्रममा मुस्ताङका उल्लेख्य युवाहरुको सहभागी रहेको थियो ।
तरुण दल मुस्ताङका अध्यक्ष कर्म ध्याचो गुरुङको सभापतित्वमा भएको कार्यक्रममा मुस्ताङ जिल्लाका युवाहरु सहभागी भएका थिए ।
प्रतिक्रिया