प्रहरीलाई ओलीको सुझाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २, २०७७
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • गत वर्ष प्रहरीले २४ असोजमा प्रहरी दिवस मनायो ।
  • प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमको प्रमुख अतिथि थिए ।
  • कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले एउटा महत्वपूर्ण कुरा उठाए ।

गत वर्ष प्रहरीले २४ असोजमा प्रहरी दिवस मनायो । प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमको प्रमुख अतिथि थिए ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले एउटा महत्वपूर्ण कुरा उठाए । जुन प्रहरी अधिकारीले खासै ख्याल गरेका थिएनन् । ओलीले प्रहरी दिवस भव्य र उल्लासपूर्ण रुपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवस छुट्टाछुट्टै मनाउने व्यवस्था गर्न पनि आग्रह गरेका थिए । उनले दुवै दिवस एकै दिन मनाउँदा ‘बधाई दिने कि समवेदना दिने’ भन्ने अप्ठ्यारो स्थिति सिर्जना भएको उनको भनाइ थियो ।

जुन विषय प्रहरीमा चर्चाको विषय बन्यो । यो वर्ष प्रहरीले प्रधानमन्त्री ओलीको त्यो सुझावलाई कार्यान्वायनमा लैजाने भएको छ । गत साता बसेको प्रहरीको नीति निर्माण समितिको बैठकले अमर प्रहरी दिवस र प्रहरी दिवस फरक–फरक दिनमा मनाउने निर्णय गरेको छ । एकै दिन मनाउँदा प्रहरी दिवसमा अमर प्रहरीका परिवारको सधैँ रुवाबासी हुने गरेको थियो । खुशीयालीका रुपमा मनाइने प्रहरी दिवसमा रुवाबासी हुँदा कार्यक्रम नै खल्लो हुने गरेको थियो ।

साथै सोही पिसिसी बैठकले यसअघि प्रहरी महानिरीक्षकमा केन्द्रीत रहेका अधिकार एआईजीहरुलाई दिइएको छ । विभिन्न महाशाखाहरु कार्य तथा अपराध अनुसन्धान र प्रशासन तथा मानव स्रोत विकास विभागमा दिइएको छ । सामूहिक नेतृत्वमा संगठन चलाउने नीतिअनुसार प्रहरी महानिरीक्षक शैलेश थापाले जिम्मेवारी विकेन्द्रीत गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई मोदीले दिए यस्तो सप्राइज
ओलीलाई मोदीले दिए यस्तो सप्राइज
यस्तो छ प्रधानमन्त्री देउवाले छानेका ३० मन्त्रीहरुको नामावली
यस्तो छ प्रधानमन्त्री देउवाले छानेका ३० मन्त्रीहरुको नामावली
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
‘बिदाको दिन फोन किन बिग्रिन्छ?’ प्रधानमन्त्री ओलीको टेलिकमलाई यस्तो प्रश्न
देशको अवस्था बुझ्न पूर्वराजा पश्चिम भ्रमणमा
देशको अवस्था बुझ्न पूर्वराजा पश्चिम भ्रमणमा
अर्थमन्त्री कार्कीले एमाले नेता रावललार्इ झम्टेपछि.
अर्थमन्त्री कार्कीले एमाले नेता रावललार्इ झम्टेपछि.
दशैंका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने
दशैंका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने
उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !
उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !
सीसीएमसी बैठकले लकडाउनबारे निर्णय लिएन, सबै देशमा उडान अनुमति दिदै जाने
सीसीएमसी बैठकले लकडाउनबारे निर्णय लिएन, सबै देशमा उडान अनुमति दिदै जाने
‘सरकारी संचार माध्यमले सरकारको प्रशस्ती गाईरहन पर्दैन्’
‘सरकारी संचार माध्यमले सरकारको प्रशस्ती गाईरहन पर्दैन्’

तपाईंले छुटाउनुभयो कि?