‘सरकारी संचार माध्यमले सरकारको प्रशस्ती गाईरहन पर्दैन्’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
५६ पटक हेरिएको
Shares
‘सरकारी संचार माध्यमले सरकारको प्रशस्ती गाईरहन पर्दैन्’

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्यामहरुलाई सरकारको विरोध वा समर्थनको केन्द्र नबन्न आग्रह गरेका छन्।
  •  सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले सरकारी संचार माध्यमले पनि सरकारको प्रशस्ती गाईरहन नपर्ने पनि स्पष्ट पारे।

काठमाडौं, ७ फागुन । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्यामहरुलाई सरकारको विरोध वा समर्थनको केन्द्र नबन्न आग्रह गरेका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले सरकारी संचार माध्यमले पनि सरकारको प्रशस्ती गाईरहन नपर्ने पनि स्पष्ट पारे।

संचार माध्यामहरुले कसैको विरोध वा समर्थनभन्दा पनि क्रियशनमा ध्यान दिनुपर्ने उनको भनाई छ। मंगलबार राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै निजी क्षेत्रको संचार माध्यामप्रति आक्रोश पनि व्यक्त गरे।

त्यस अवसरमा उनले राष्ट्रिय समाचार समितिलाई सत्यतथ्य समाचारको केन्द्र बन्न पनि सचेत गराए। राष्ट्रिय समाचार समितिले गर्दै आएको कामप्रति सन्तुष्ट हुने ठाउँ नरहेको मन्त्री बास्कोटाको भनाई छ।

कार्यक्रममा ‘राष्ट्रिय समाचार समिति  पत्रकारिता पुरस्कार’बाट राससका वरिष्ठ समाचारदाता विष्णुप्रसाद नेपाल र उपसमाचारदाता नीरजकुमार गौतमलाई सम्मान गरिएको थियो। राष्ट्रिय समाचार समितिले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारको राशी १० हजार रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानीको चरम समस्यापछि कुवामा ताल्चा
खानेपानीको चरम समस्यापछि कुवामा ताल्चा
नेपालीको मत जित्न मोदीको ३ भाषामा सम्बोधन ! दुई वटा हेलिकप्टरले स्कर्टिङ गर्ने
नेपालीको मत जित्न मोदीको ३ भाषामा सम्बोधन ! दुई वटा हेलिकप्टरले स्कर्टिङ गर्ने
च्याम्पियन्स लिगमा पिएसजीले रियल मड्रिडको सामना गर्दा नेइमार र एम्बाप्पे दुवै नखेल्ने
च्याम्पियन्स लिगमा पिएसजीले रियल मड्रिडको सामना गर्दा नेइमार र एम्बाप्पे दुवै नखेल्ने
गौचनको हत्या लगत्तै काठमाडौंका एसएसपीलाई ‘सुटर’को फोन कल, आखिर को हुन् ?
गौचनको हत्या लगत्तै काठमाडौंका एसएसपीलाई ‘सुटर’को फोन कल, आखिर को हुन् ?
निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीकः प्रधानमन्त्री
निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीकः प्रधानमन्त्री
कस्ताे रहन्छ शुक्रबार देखि अाइतबारसम्मकाे  माैसम !
कस्ताे रहन्छ शुक्रबार देखि अाइतबारसम्मकाे माैसम !
४० प्रतिशत काम नसकिदै किन उद्घाटन गरियो धरहरा ?
४० प्रतिशत काम नसकिदै किन उद्घाटन गरियो धरहरा ?
आगलागीबाट बागलुङमा जले दुई घर
आगलागीबाट बागलुङमा जले दुई घर
बुहारी मार्ने अधिकारी पुर्पक्षमा
बुहारी मार्ने अधिकारी पुर्पक्षमा
कोशीमा मनसुनी प्रणालीको प्रभाव, बिहानैदेखि चट्याङ्गसहित वर्षा