उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !

सारांश

  • उत्तर कोरियाली शासक किम जोंग उनले एक सेनापतिलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् ।
  • पिरान्हा माछाले मानिसलाई समेत खान्छ भनिन्छ ।
  • डेली स्टारको समाचार अनुसार सेनापतिलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो ।

उत्तर कोरियाली शासक किम जोंग उनले एक सेनापतिलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । पिरान्हा माछाले मानिसलाई समेत खान्छ भनिन्छ । डेली स्टारको समाचार अनुसार सेनापतिलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो । ती सेनापति माथि सत्ता पलटको कोसिसको आरोप लगाइएको थियो । सजायको यो तरिका सन् १९७७ मा रिलिज भएको जेम्स बन्डको फिल्म ‘द स्पाइ हु लभ्ड मी’ बाट प्रेरित भएको बताइन्छ । उक्त ट्याङ्कीमा ब्राजिलबाट ल्याइएका सयौं पिरान्हा रहेको बताइन्छ ।

सेनापतिलाई ट्याङ्कीमा फ्याँक्नु अघि उनको दुईटै हात काटिएको पनि डेली स्टारले बताएको छ । सेनापतिलाई माछाले मार्यो वा उनको मृत्यु घाउका कारण वा डुबेर भएको भन्ने कुनै स्पष्ट जानकारी भने छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?