प्रहरीले चलाएकाेअभियानमा २४ जना पक्राउ परे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • उदयपुर,२६ असार।
  •   प्रहरीले जिल्ला अदालत उदयपुरले विभिन्न मुद्धामा सजायको फैसला सुनाइएका  फरार अभियुमक्त लाई  पक्राउ गरि अदालतमा बुझाएका छ ।
  • अदालतबाट विभिन्न मुद्धामा सजाय तथा दण्ड जरिवाना पाएको तर फरार रहँदै आएकालाई प्रहरीले अभियान सञ्चालन गरि पक्राउ थालेको एसपी नबराज भट्ट ले बताए ।

उदयपुर,२६ असार।  प्रहरीले जिल्ला अदालत उदयपुरले विभिन्न मुद्धामा सजायको फैसला सुनाइएका  फरार अभियुमक्त लाई  पक्राउ गरि अदालतमा बुझाएका छ ।

अदालतबाट विभिन्न मुद्धामा सजाय तथा दण्ड जरिवाना पाएको तर फरार रहँदै आएकालाई प्रहरीले अभियान सञ्चालन गरि पक्राउ थालेको एसपी नबराज भट्ट ले बताए ।

पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा २ जना बीरेन्द्र चौधरी र रामेश्वर चौधरी रहेका छन् । करणीमा ८ वर्ष सजाय पाएका त्रियुगा नगरपालिका– ९ सन्तोष परियार, त्रियुगा नगरपालिका– १२ का होम बहादुर भुजेल यस्तै लागु औषध मुद्धाका त्रियुगा न पा – ११ का कबिता श्रेष्ठ,असिम राई,त्रियुगा न पा , ३ का रोहि चौधरी, त्रियुगा नगरपालिका– ६ का ओम राई, त्रियुगा नपा १० का रुपेश मल्लिक रहेका छन्।

यस्तै गरी  सार्वजनिक अपराधमा सजाय पाएकाहरु चौदण्डीगढी नगरपालिका– ३ का अन्नत राई, त्रियुगा नगरपालिका– ७ का चाम्लिङ्ग राई, त्रियुगा नपा ११ का रणबहादुर राई, त्रियुगा नपा का ४ का मनबहादुर राई समेत लाई पक्राउ गरेका छन् ।

वन मुद्धामा दण्ड जरिवाना तथा सजाय पाएकाहरु त्रियुगा नगरपालिका– ४ सत्यनारायण चौधरी, त्रियुगा नगरपालिका– ३ भोला भन्ने रामचन्द्र चौधरी त्रियुगा न।पा १२ का लुटन बोटे, त्रियुगा न।पा। ४ का सत्यनारायण चौधरी, दोर्जे मगर, बखत राई, अनिल घिसिङ, तीर्थबहादुर तामाङ पक्राउ परेका हुन्।

प्रहरी ले चोरी आरोपमा त्रियुगा न पा  १२ का सम्भु बिक र त्रियुगा नगरपालिका– ५ का रहिम मियाँलाई पक्राउ गरि अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक एसपी नबराज भट्टले जानकारी दिए ।

उनीहरु सबैलाई प्रहरीले घरबाट नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु १४ दिन कैद सजाय देखि ८ वर्ष कैद सजाय सम्मको रहेको प्रमुख भट्ट ले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?