नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
३३ पटक हेरिएको
Shares
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

सारांश

  • काठमाडौँ ।
  • धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२ दशमलव ६५ अङ्कले उकालो लागेर एक हजार नौ सय ४९ दशमलव शून्य छ मा पुगेको छ ।

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२ दशमलव ६५ अङ्कले उकालो लागेर एक हजार नौ सय ४९ दशमलव शून्य छ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव २३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कूल ५२ लाख ५५ हजार ८६ कित्ता शेयर रू एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौ सय ८८ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रू सात करोड ६३ लाख ९२ हजार चार सय ४२ बराबरको कारोबार भयो । साथै एनआइसी एशियाको रू छ करोड १९ लाख ९५ हजार नौ सय २२, सिटिजन बैंकको संस्थापक शेयर रु पाँच करोड ८५ लाख २७ हजार एक सय, शिवम् सिमेन्ट रु चार करोड १३ लाख ७७ हजार पाँच सय दुई र हिमालयन डिस्टिलरी रु तीन करोड ४२ लाख ६२ हजार आठ सय २० बराबरको शेयर कारोबार भएको छ ।

आजको कारोबारमा युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । न्यादी हाइड्रोपावर सात दशमलब ७३,नयाँ सारथी लघुवित्त छ दशमलव १८, मानुषी लघुवित्त पाँच दशमलव ६७ र विन्दवासिनी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ७७ प्रतिशतले बढेको छ । साथै सपोर्ट माइक्रोफाइनान्स पाँच दशमलव ३६, स्वाभिमान लघुवित्त चार दशमलव ७२, सानिमा ग्रोथ स्किम चार दशमलव ४५, विन नेपाल लघुवित्त चार दशमलव शून्य आठ र लक्ष्मी इक्विटी फण्डको शेयर मूल्य तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु
पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु
काँग्रेसमा कम्पन, शेखर समुहले ७७ वटै जिल्लामा विद्रोही उम्मेदवार खडा गर्ने !
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत  सहयोग  ! फोटो फिचर
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत सहयोग ! फोटो फिचर
लिभरपुरका पूर्व स्ट्राइकरलाई जरिवानासहित प्रतिबन्ध
लिभरपुरका पूर्व स्ट्राइकरलाई जरिवानासहित प्रतिबन्ध
धादिङमा माओवादीले प्रदेशसभाबाट खाता खोल्यो, जगत सिंखडा विजयी
धादिङमा माओवादीले प्रदेशसभाबाट खाता खोल्यो, जगत सिंखडा विजयी
फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
चाडपर्व लक्षित विशेष सुरक्षा योजना
चाडपर्व लक्षित विशेष सुरक्षा योजना
आज काठमाडौँको तापक्रम शून्य दशमलव ८ डिग्रीमा पुग्यो
आज काठमाडौँको तापक्रम शून्य दशमलव ८ डिग्रीमा पुग्यो
ओलीले सहमतिको प्रयास नगर्दा चुनावबाटै एमालेले मुख्यमन्त्री छान्ने
साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सहयोग गर्छ : मुख्यमन्त्री कार्की
साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सहयोग गर्छ : मुख्यमन्त्री कार्की