नेपालको निर्यात व्यापार बढाउन सक्दो पहल गर्ने राजदुत आचार्यको प्रतिवद्धता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नेपालको निर्यात व्यापार बढाउन सक्दो पहल गर्ने राजदुत आचार्यको प्रतिवद्धता

सारांश

  • काठमाडौं, २४ माघ ।
  • भारतका लागि नवनियुक्त राजदुत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
  • भारतका लागि नवनियुक्त राजदुत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले सोही कामलाई भारतमा रहँदा प्राथमिकताका साथ अघि बढाउने बताए।

काठमाडौं, २४ माघ । भारतका लागि नवनियुक्त राजदुत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

भारतका लागि नवनियुक्त राजदुत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले सोही कामलाई भारतमा रहँदा प्राथमिकताका साथ अघि बढाउने बताए।

बिहीबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको नवनियुक्त राजदुतहरुको सम्मान कार्यक्रममा बोल्दै उनले आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन पनि निजी क्षेत्रकमा व्यवसायीहरुलाई आग्रह गरे।

आर्थिक कूटनीतिको माध्यामबाट मुलुकमा लगानी भित्रयाउन आवश्यक पहल गर्ने नवनियुक्त राजदुत आचार्यको योजना छ। उनले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन पनि आफूले पहल गर्ने बताए।

राजदुत आचार्यले नेपालमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीहरुले ठोस योजना बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए। कार्यक्रममा विभिन्न मुलुकमा लागि नियुक्त गरिएका राजदुतहरुको पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?