प्रहरी निरीक्षकबाट निर्घात कुटिए प्रहरी हवल्दार

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
३१ पटक हेरिएको
Shares
प्रहरी निरीक्षकबाट निर्घात कुटिए प्रहरी हवल्दार

सारांश

  • सुर्खेत ।
  •   जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले विना कारण प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् ।
  • उनले शनिबार बिदामा रहेका हवल्दार हरि आरसीलाई कार्यालयमा बोलाई कुटपिट गरेका हुन् ।

सुर्खेत ।  जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले विना कारण प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । उनले शनिबार बिदामा रहेका हवल्दार हरि आरसीलाई कार्यालयमा बोलाई कुटपिट गरेका हुन् ।

जिल्ला कारागार, डोल्पामा कार्यरत सल्यान सिद्धकुमाख गाँउपालिका वडा नम्बर ३ घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ । उनको जिल्ला अस्पताल, डोल्पामा उपचार भइरहेको छ । थप उपचारका लागि उनलाई नेपालगञ्ज पठाउन लागिएको छ ।

‘बिदाको दिन म साथीहरुसँग बसेर रमाइलो गरिरहेको थिएँ, इन्स्पेक्टर साबले बोलाउनु भयो, म विशेष काम परेको होला भनेर मादक पदार्थ सेवन गरेको भएपनि उहाँलाई भेट्न गएँ, तर उहाँले मलाई एक्कासि कुटपिट गर्नुभयो,’ उनले भने, ‘कुटपिटबाट मेरो बाँया आँखामा ठूलो चोट लागेको छ, हेर्न पनि गाह्रो भइरहेको छ । नाकमा चोट लागेको छ ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले आफू कार्यालय बाहिर रहेकाले घटनाको बारेमा विस्तृत थाहा नभएको बताउँदै अनुसन्धान भइरहेको बताए । अनुसन्धानपछि दोषीलाई कारबाहीको दायरामा ल्याउने पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?