संघीय लोकतान्त्रिक गणतन्त्रलाई दिगो बनाउनुपर्छः मन्त्री चुमान

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
संघीय लोकतान्त्रिक गणतन्त्रलाई दिगो बनाउनुपर्छः मन्त्री चुमान

सारांश

  • तनहुँ, ५ फागुन ।
  • आन्तरिक मामिला, न्याय तथा कानूनमन्त्री हरिबहादुर चुमानले मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यावहारिक रुपमा कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।
  • नेकपा माओवादी केन्द्र तनहुँले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले भने— “संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल, सुदृढ र दिगो बनाएर लैजानु अहिलेको आवश्यकता छ ।

तनहुँ, ५ फागुन । आन्तरिक मामिला, न्याय तथा कानूनमन्त्री हरिबहादुर चुमानले मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यावहारिक रुपमा कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र तनहुँले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले भने— “संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल, सुदृढ र दिगो बनाएर लैजानु अहिलेको आवश्यकता छ ।”

प्रदेश नं. ४ का आन्तरिक मामिला, न्याय तथा कानूनमन्त्री रहेका चुमानले पार्टीलाई अझ बढी सबल र जनमैत्री बनाउनका लागि आफू लागिपर्ने बताउँदै जनता केन्द्रीत कार्य गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेकपा माओवादी केन्द्र तनहुँका संयोजक राजेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मन्त्री चुमानलाई टीका र खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?