नेपाली कांग्रेलाइ बजेट: हात्ती आयो, हात्ती आयो फुस्सा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
नेपाली कांग्रेलाइ बजेट: हात्ती आयो, हात्ती आयो फुस्सा !

सारांश

  • काठमाडौं १६ जेठ ।
  • आर्थिक बर्ष २०७५/७६ को बजेट निराशाजनक भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले प्रतिक्रिया दिएको छ ।
  • कांग्रेसले यस बजेटले अर्थतन्त्रमा कुनै उत्साह ल्याउन नसकेको प्रतिक्रिया दिएको छ ।

काठमाडौं १६ जेठ । आर्थिक बर्ष २०७५/७६ को बजेट निराशाजनक भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले प्रतिक्रिया दिएको छ । कांग्रेसले यस बजेटले अर्थतन्त्रमा कुनै उत्साह ल्याउन नसकेको प्रतिक्रिया दिएको छ ।

राजनीतिक नाराबाट प्रभावित

‘निर्वाचनको बेलामा तत्कालिन नेकपा एमाले र नेकपा माओवादीले जारी गरेको संयुक्त घोषणापत्रलाई मैले सपनाको पुलिन्दा भनेको थिएँ । त्यो एउटा सपिङ लिस्ट थियो । कतिपय अवस्थामा बजेट त्यसबाट प्रभावित भएको देखिन्छ । वितरण नगर्ने भन्दाभन्दै पनि बजेटमा २५ अर्ब रुपैयाँ जति विभिन्न शिर्षकमा बाडिएको छ । त्यसकारण बजेट राजनीतिक नाराबाट प्रभावित भएको देखिन्छ ।’ डा रामशरण महत, पूर्वअर्थमन्त्री

जनता निराश

‘बजेट निराशजनक छ । यसले अर्थतन्त्रमा कुनै उत्साह सञ्चार गर्न सक्ने देखिँदैन । नीति तथा कार्यक्रममा भनिएका कुरा पनि बजेटमा समेटिएको छैन । चुनावी घोषणापत्रमा बाँडिएका सपनाको त नजिक पनि पुगेको छैन । जनतालाई यो बजेटले निराश बनाएको छ ।’ डा प्रकाशशरण महत, सहमहामन्त्री, नेपाली कांग्रेस

हात्ती आयो, हात्ती आयो फुस्सा

‘आफूलाई शक्तिशाली बताउँदै आएको सरकारले ल्याएको आर्थिक बर्ष २०७५/७६ को बजेट हेर्दा खासै केही देखिएन । बजेट आउनु अघि के के नै आउला जस्तो ठूलो हल्ला गरिएको थियो । तर, बजेट हेर्दा हात्ती आयो, हात्ती आयो फुस्सा ! जस्तो मात्र छ । चुनावमा बाँडिएको सपना र घोषणापत्र, केही समय अगाडि जारी गरिएको सरकारको नीति तथा कार्यक्रम र जारी बजेटबीच तादम्यता टुटेको छ ।’ विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Harichandra Puri

    khana paiyananita sattama jana paiyana ani

    Comment Author

    Ganesh Shakya

    के गर्ने तपाईंहरूको पार्टी खत्तम भएछ । अब के गर्ने त । अब ५ बर्ष हावा खाएर बस्ने अनि फ्रेस भएर चुनाब जिति राम्रो बजेट ल्याउने है ।

    Comment Author

    Rabindra Shrestha

    kaag dherai batho vayo vane guu khanxa vanthyo yesti rahexa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?