गणतन्त्र ‘सर्वजन हितायः सर्वजन सुखायः’ : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाल र नेपालीका लागि ‘सर्वजन हितायः सर्वजन सुखायः’ व्यवस्था भएको बताएका छन् ।
- गणतन्त्र सबैको हित र सुखको व्यवस्था भएको बताएका हुन् ।
- प्रधानमन्त्री ओलीले आम जनताको कष्ट हटाउनेतिर लागिरहेको बताएका छन् ।
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाल र नेपालीका लागि ‘सर्वजन हितायः सर्वजन सुखायः’ व्यवस्था भएको बताएका छन् । गणतन्त्र सबैको हित र सुखको व्यवस्था भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आम जनताको कष्ट हटाउनेतिर लागिरहेको बताएका छन् । ११ औं गणतन्त्र दिवसको अवसरमा ओलीले आमजनताको कष्ट हटाउनेतिर परिलक्षित विकासका आयोजनाहरु आफ्ना छनौटका विषय भएको बताए । राज्यले अतिविपन्न, बृद्ध, बालबालिका, अपाङ्ग, असक्त र गर्भवती महिला जनसंख्याभित्रका प्राथमिकता भित्र राखेको बताए ।
सबैलाई खाद्यव्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य सुरक्षा, हाम्रो विकासको प्रस्थानविन्दू भएको बताए । ‘गणतन्त्र नै वास्तवमा लोकतान्त्रिक व्यवस्था हो । यसैकारण मैले भन्दै आएको छु, गणतन्त्र केवल राजनीतिक विषयमात्र होइन, समग्र सामाजिक रूपान्तरणको विषय पनि हो’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले हाम्रो गणतन्त्र नेपाल र नेपालीका लागि ‘सर्वजन हितायः सर्वजन सुखायः’ व्यवस्था हो ।’
यस्तो उज्यालो व्यवस्थामा जनताका मलिन अनुहारहरू प्रतिबिम्बित हुने विवशताको अन्त्य गनुपर्नेमा जोड छ ।
प्रतिक्रिया