‘प्राइभेट’ नम्बरबाट बेलुका–बेलुका फोनः माओवादी नेतालाई गोली हानेर मार्ने धम्की

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
३५ पटक हेरिएको
Shares
‘प्राइभेट’ नम्बरबाट बेलुका–बेलुका फोनः माओवादी नेतालाई गोली हानेर मार्ने धम्की

सारांश

  • नवलपरासी, १६ माघ ।
  • नवलपरासी बर्दघाट सुस्ता पश्चिम पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ ।
  • एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिए ।

नवलपरासी, १६ माघ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ ।

एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिए ।

बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएको समेत गुप्ताको भनाइ छ । पैसाका लागि धम्की दिएको हुन सक्ने ठानेर सोध्दा “तैँले आजकल मान्छेलाई गन्न छाडेको छस् त्यहीँ भएर गोली हानेर मार्छु भन्दै धम्की दिने गरेको र गाउँपालिकाको कार्यक्रममा हिँड्दासमेत त्रस्त भएर हिँड्नुपरेको छ। ” गुप्ताले भने ।

बारम्बार धम्की आउने फोनको नम्बर देखिँदैन । फोन आउँदा नम्बरको ठाउँमा ‘प्राइभेट’ लेखिएको अक्षरमात्र आउने गरेको र अध्यक्ष भएपछि अरुलाई नटेरी मनोमानी काम गरेको आरोप लगाउँदै गोली हानेर मार्ने धम्की दिइने गरेको गुप्ताले जानकारी दिए ।

जुनसुकै बेला पनि गोली हान्न सक्छु भनेर फोन आउने गरेकाले आफू मानसिक तनावमा रहेको र धम्कीबारे सुरक्षा निकायमा जानकारी गराए पनि अहिलेसम्म कसैको पहिचान हुन नसकेको गुप्ताको भनाइ छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी गुप्ताको घर सीमावर्ती पाल्हिनन्दन गाउँपालिका–३ मा पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते
तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते
समयमै निर्वाचन आयोगले सनाखत गरेको भए एमाले भन्ने पार्टी नै हुने थिएन : प्रचण्ड
समयमै निर्वाचन आयोगले सनाखत गरेको भए एमाले भन्ने पार्टी नै हुने थिएन : प्रचण्ड
४४ हजार भूकम्पपीडित अझै बाँकी
४४ हजार भूकम्पपीडित अझै बाँकी
चट्याङले बागलुङको निसीखोला जलविद्युत् आयोजनामा क्षति
चट्याङले बागलुङको निसीखोला जलविद्युत् आयोजनामा क्षति
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च
सलाम ठोक्नेबाट सलाम लिने हैसियतमा पुगे नवराज सिलवाल
सलाम ठोक्नेबाट सलाम लिने हैसियतमा पुगे नवराज सिलवाल
निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह
निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह
म्यान्चेस्टर सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध !
म्यान्चेस्टर सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध !
अन्तराष्ट्रिय उडानको लाइसेन्स खुल्दै
अन्तराष्ट्रिय उडानको लाइसेन्स खुल्दै

तपाईंले छुटाउनुभयो कि?