समयमै निर्वाचन आयोगले सनाखत गरेको भए एमाले भन्ने पार्टी नै हुने थिएन : प्रचण्ड
सारांश
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशीविदेशी प्रतिक्रियावादीको षडयन्त्रमा नेकपा विभाजन गरिएको आरोप लगाएका छन्।
- गृहजिल्ला चितवनको माडीलाई अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले प्रतिगमनका मतियार केपी ओलीलाई नेकपा विभाजन गरेर जोगाइएको टिप्पणी गरे।
- ‘निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले भन्ने पार्टी रहने थिएन।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशीविदेशी प्रतिक्रियावादीको षडयन्त्रमा नेकपा विभाजन गरिएको आरोप लगाएका छन्।
गृहजिल्ला चितवनको माडीलाई अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले प्रतिगमनका मतियार केपी ओलीलाई नेकपा विभाजन गरेर जोगाइएको टिप्पणी गरे।
‘निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले भन्ने पार्टी रहने थिएन। हामी नेकपाका आधिकारिक नेता कार्यकर्ता हुन्थ्यौं। तर देशीविदेशी प्रतिक्रियावादीको षड्यन्त्रमा यसलाई उल्टाइयो। त्यसपछि दुईपटकका प्रतिगमनलाई हामीले आन्दोलनबाट पराजित गर्यौं। केपी ओली प्रवृतिलाई परास्त गर्यौं,’ उनले भने।
प्रचण्डले आज पनि प्रतिगमनको षडयन्त्र भइरहेको दाबी गरे। ‘आज पनि त्यो शक्ति षड्यन्त्र जारी राखेको छ। आज पनि सदन चल्न दिइएको छैन। त्यो प्रतिगमनकै एउटा कडी हो,’ उनले भने।
उनले अहिलेको निर्वाचन माओवादीका लागि प्रतिष्ठाको विषय भएको पनि बताए। ‘हाम्रो लागि यो निर्वाचन सामान्य चुनाव मात्र होइन। माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हुनेछ। माडीलाई एउटा उदाहरण बनाउनुस्,’ उनले निर्देशन दिए।
प्रतिक्रिया