शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३, २०७९
|
|
२२ पटक हेरिएको
Shares
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह

सारांश

  • काठमाडौं ३ भदौ ।
  • शुक्रबार दिउसो देशका विभिन्न स्थानमा भारी बर्षा भइरहेको छ ।
  • सिन्धुली, मकवानपुर, चितवन, गोरखा, नवलपरासी, दाङ, कैलाली, डडेलधुरा र त्यस आसपासका केही स्थानमा मुसलधारे पानी परेको छ।

काठमाडौं ३ भदौ । शुक्रबार दिउसो देशका विभिन्न स्थानमा भारी बर्षा भइरहेको छ ।

सिन्धुली, मकवानपुर, चितवन, गोरखा, नवलपरासी, दाङ, कैलाली, डडेलधुरा र त्यस आसपासका केही स्थानमा मुसलधारे पानी परेको छ। उक्त स्थानमा बाढी पहिरोको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै वर्षा हुने देखिएको भन्दै सचेत रहन स्थानीयलाई आग्रह गरेको छ। महाशाखाले यी ठाउँ आसपासका साना नदी, तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन अनुरोध गरेको छ।

‘उक्त स्थानमा थप वर्षा हुन सक्ने देखिएको उक्त जिल्लाहरू भई बग्ने साना नदीमा पानीको आकस्मिक बहाव हुन सक्छ, स-साना नदी तटका क्षेत्रमा सतर्कता अपनाऔँ,’ सूचनामा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?