कलेजो प्रत्यारोपणको तयारीमा नर्भिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कलेजो प्रत्यारोपणको तयारीमा नर्भिक

सारांश

  • २५ वर्षदेखि चिकित्सा सेवा दिदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविष्यमै कलेजो प्रत्यारोपण सेवा सुरुवात गर्ने भएको छ ।
  • पछिल्लो समय नेपालमा कलेजोका रोगी दिनप्रतिदिन बढ्दै गइरहेका छन् ।
  • अत्याधिक र अनियन्त्रित मद्यपान, धुम्रपानका साथै केही विशेष प्रकारका हेपाटाइटिसका कारण अहिले ठूलो संख्यामा नेपाली कलेजोको रोगबाट ग्रसित हुँदै आएका छन् ।

२५ वर्षदेखि चिकित्सा सेवा दिदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविष्यमै कलेजो प्रत्यारोपण सेवा सुरुवात गर्ने भएको छ ।

पछिल्लो समय नेपालमा कलेजोका रोगी दिनप्रतिदिन बढ्दै गइरहेका छन् । अत्याधिक र अनियन्त्रित मद्यपान, धुम्रपानका साथै केही विशेष प्रकारका हेपाटाइटिसका कारण अहिले ठूलो संख्यामा नेपाली कलेजोको रोगबाट ग्रसित हुँदै आएका छन् । कलेजो फेल हुने, कलेजोको शिरोशिश हुने, कलेजोको क्यान्सर हुनेजस्ता विकराल स्थिति सिर्जना भइरहेको छ ।

यही कुरालाई ध्यानमा राख्दै कुनै पनि नेपालीले नेपालभित्रै सहजरुपमा उपचार गर्न सकुन् भन्ने उद्देश्यले नर्भिकले कलेजो प्रत्यारोपणजस्तो जटिल सल्यक्रिया प्रारम्भ गर्न लागेको जनाएको छ । नर्भिकमा यो सेवा सुरु भए पछि कलेजो प्रत्यारोपणका लागि विदेशिनु पर्ने बाध्यता अन्त्य हुने अस्पताल श्रोतले दावी गरेको छ ।

यो सेवा सुचारु गर्ने तयारीस्वरुप नर्भिकले आवश्यक पर्ने चिकित्सकीय टोली तयार पार्ने, आवश्यक पूर्वाधारणमा सुधार गर्ने, अन्य जनशक्तिलाई तालिम दिने जस्ता कार्यको सुरुवात गरिसकेको छ ।

नर्भिकसँग आवद्ध कलेजो प्रत्यारोपणसम्बन्धी तालीमप्राप्त एवं अनुभवी विशेषज्ञ शल्यचिकित्सक÷चिकित्सकहरुमा डा. जयन्तकुमार साह, डा. सञ्जयकुमार यादव, डा. सुजितकुमार साह र डा. अनिषा तिवारी (शल्यचिकित्सक), डा. सागर पौडेल (प्रत्यारोपण विशेषज्ञ कलेजोरोग चिकित्सक), डा. बिरेन्द्रकुमार राउत, डा. किरण अधिकारी र डा. बालचन्द्र कार्की (विशेषज्ञ एनेस्थेसियोलोजी÷ क्रिटिकल केयर मेडिसिन), डा. विवेक साह (विशेषज्ञ रेडियोलोजिष्ट), डा. सुशीलराम श्रेष्ठ (विशेषज्ञ प्याथोलोजिष्ट) र डा. रञ्जित साह (विशेषज्ञ इन्फेक्सीयस डिजिज) आदि रहेका छन् ।

त्यसरी नै कलेजो प्रत्यारोपण विशेषज्ञ पेडियाट्रिसियनहरुमा डा. अमृत ढुङ्गेल र डा. (Tramadol) हेमन्त शर्मा छन् ।

हाल तीव्र तयारी भइरहेको तथा यहि पुस १९, २० र २१ गते कलेजो प्रत्यारोपणसम्बन्धी विशेषज्ञ ओ.पी.डी सेवा सञ्चालन गरिने र नेपाल सरकारवाट स्वीकृति प्राप्त हुनासाथ कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरिने नर्भिक व्यवस्थापनले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?