प्राधिकरणले विमानस्थलको उडान सीमा घटायो, यस्ता छन् निर्णयहरू

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २१, २०७९
|
|
३६ पटक हेरिएको
Shares
प्राधिकरणले विमानस्थलको उडान सीमा घटायो, यस्ता छन् निर्णयहरू

सारांश

  • काठमाडौँ ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ बुँदे निर्णय गरेको छ ।
  • उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गर्दै थप सुदुढीकरण गरी हवाई यातायात सेवालाई अझै सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने उद्देश्यले नयाँ नियम लागू गर्ने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ बुँदे निर्णय गरेको छ ।

उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गर्दै थप सुदुढीकरण गरी हवाई यातायात सेवालाई अझै सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने उद्देश्यले नयाँ नियम लागू गर्ने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

उनले हवाई सेवा प्रदायक निकायको सेवा सञ्चालनप्रतिको व्यावसायिक जिम्मेवारी तथा जवाफदेहितालाई अभिवृद्धि गर्न पनि प्राधिकरणले पहल गरेको उल्लेख गरे ।
  

उनले हवाई सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ प्राधिकरणले गरेको छ बुँदे निर्णयलाई कडाइका साथ लागू गरिने दाबी गरे । क्यानले गरेको नयाँ व्यवस्थामा विमान चालक (पाइलट)को ड्युटी समय एक घण्टा कम गरिएको छ । त्यस्तै पाइलटले अहिले दैनिक उडान (टेकअफ) र अवतरण (ल्यासण्डङ) दुवै गरी दस पटकसम्म गर्न पाउने व्यवस्था रहेकामा अब त्यलाई पनि घटाएर आठ पटक मात्र बनाइएको छ ।

विशेषगरी छोटो धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने पाइलटको ड्युटी समय प्रतिदनि आठ घण्टाबाट घटाएर सात घण्टा कायम गरिएको छ । त्यसैगरी लामो धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने पाइलटको ड्युटी समय प्रतिदिन नौ घन्टाबाट घटाएर आठ घन्टा कायम गरिएको छ ।

के छन् छ बुदे निर्णयमा ?

प्राधिकरणका अनुसार हेलिकोप्टर बाहेक अन्य वायुयानले भिजुअल फ्लाइट रुल (झिएफआर) उडान अन्तर्गत ‘सस्टेबलाईज एप्रोच’ गर्दा ‘सर्ट टेकअफ एण्ड ल्याण्डिङ’ (स्टोल)विमानस्थलमा जमिनको सतहबाट कम्तीमा पाँच सय फिट तथा अन्य विमानस्थलमा कम्तीमा एक हजार फिट को उचाई अनिवार्य कायम गर्नुपर्नेछ ।

आगामी समर सेड्युल–२०२३ वाट लागू हुने गरी यान्त्रिक उडान हुने ‘कन्ट्रोल एरोड्रम’मा उडान गर्ने स्टोल वायुयान (ट्वीनअटर लेट ४१०, डोमियरलगातय) बाहेकका अन्य वायुयानहरुले इन्स्ट्रयुमेन्ट फ्लाइट रुल (आईएफआर) उडान अप्रेशन मात्र गर्न पाउनेछन् ।

वायुसेवा कम्पनीमा उडान गर्ने प्रशिक्षक पाइलटले अर्को पाइलट प्रोफेन्सी चेक .(पिपिसी) गर्नु पूर्व सम्बन्धित वायुयान निर्माता कम्पनीको वा सो कम्पनीबाट सिफारिसप्राप्त संस्थारपरीक्षकमार्फत् अनिवार्यरुपमा प्रोफेन्सी चेक स्किल टेष्ट गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

यस्तै, वायुयान चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्ने उडानमा हाल कायम रहेको (उडानमा दुईभन्दा बढी चालकदलका सदस्य रही एक्टेन्डेड आवर उडान गर्न पाउने)सम्बन्धी प्रावधान अर्को व्यवस्था नहुन्जेलसम्म स्थगित गरिएको छ ।

स्टोल रुटको उडान समय सीमालाई अधिकतम प्रतिदिन आठ घण्टाबाट घटाएर सात घण्टा कायम गर्ने तथा नन स्टोल रुटमा उडान समयसीमा अधिकतम प्रतिदिन नौ घण्टाबाट घटाएर आठ घण्टा र प्रतिदिन १० वटा कायम रहेको उडान रअवतरणलाई आठ वटा कायम गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबको संसदमा ५ मात्र राष्ट्रिय दल
अबको संसदमा ५ मात्र राष्ट्रिय दल
उपेन्द्र यादवले दायर गरेको रिट ‘हेर्दा हेर्दैमा’
उपेन्द्र यादवले दायर गरेको रिट ‘हेर्दा हेर्दैमा’
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने
राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने
सर्वदलीय बैठक सकिएलगत्तै प्रचण्ड–देउवाको छुट्टै भेटवार्ता,  देउवाको फेरि यस्तो प्रस्ताव
सर्वदलीय बैठक सकिएलगत्तै प्रचण्ड–देउवाको छुट्टै भेटवार्ता, देउवाको फेरि यस्तो प्रस्ताव
धर्मको मर्म ।
धर्मको मर्म ।
नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान:चितवनमा घडा थापेर स्थानीयले स्वागत गरे
नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान:चितवनमा घडा थापेर स्थानीयले स्वागत गरे
एकदिवसीय क्रिकेटः नेपालकाे दाेस्राे खेल अाज
एकदिवसीय क्रिकेटः नेपालकाे दाेस्राे खेल अाज
नवराज सिलवालसँगै शुशीला कार्कीसमेत तानिदै -सर्वोच्चको निर्णयपूर्ण पाठ
नवराज सिलवालसँगै शुशीला कार्कीसमेत तानिदै -सर्वोच्चको निर्णयपूर्ण पाठ
लुम्बिनीमा नयाँ बजेटको तयारी गरिँदै
लुम्बिनीमा नयाँ बजेटको तयारी गरिँदै