धर्मको मर्म ।
सारांश
- कपिलदेव खतिवडा एकजना दाइले फेसबुकमा पोष्ट्या “”हेर्नुस् धर्म सर्म भन्ने कुरा सँधै अन्धविश्वास र कुसंस्कारमा टिकेको हुन्छ ।
- नत्रभने शैलेन्द्र सिंखडाका यी प्रश्नहरुको वैज्ञानिक उत्तर दिन सक्नुहुन्छ ?
- गजमुन्टे गणेश कस्ले वनायो ?
कपिलदेव खतिवडा
एकजना दाइले फेसबुकमा पोष्ट्या
“”हेर्नुस् धर्म सर्म भन्ने कुरा सँधै अन्धविश्वास र कुसंस्कारमा टिकेको हुन्छ । नत्रभने शैलेन्द्र सिंखडाका यी प्रश्नहरुको वैज्ञानिक उत्तर दिन सक्नुहुन्छ ?
गजमुन्टे गणेश कस्ले वनायो ? हातीको टाउको मान्छेको घाँटीमा जोड्न कतै साईज मिल्छ ? कस्ले जोडेको ? कस्ले देखेको ? यदि महादेवले जोडेको भए, महादेवको अगाडि डाक्टर महादेव किन नलेखेको ? हेर्नुस कथा, सतिदेवीको बाउ दक्ष प्रजापतिको घाँटीमा बोकाको टाउको जोडिएको थियो, जोडिदिने नन्दी, भिरन्गी, चौसठ्ठी योगिनि । नन्दी भनेको साँढे, डा.पाडेले काटेको औला जोडन नसक्ने देशमा बसेर साँढेले बोकाको टाउको मान्छेको घाँटीमा जोडेको पत्याउने हामी कस्तो मान्छे ।

कति पत्याउने ? के पत्याउने ? खेत जोतेर सीता निस्किन अरे । हामीले खेत जोतेर भात खान पाको छैन, मान्छे जन्माउन के गर्नु पर्छ हामीलाई थाहा छैन ? खेत जोतेर त्यति राम्री सुन्दरी पाईने भए केटाहरु विहानै उठेर खेतमा जान्थे फर्कदा श्रीमती लिएर घर फर्कन्थे, वेश्यालय सब बन्द हुन्थे।””
मैले पढेर कमेन्ट गर्ने बेला सम्ममा फेसबुकले कुन्नि के कारणले गर्दा अहिले मिल्दैन भन्ने जानकारि दियो।।। अब लेखि नै सके पछि आफ्नै भित्तामा भएनि कोरौं भनेर मेरो कमेन्ट यता हालि दिएँ.।
दाइको स्टाटस पढे, लेख्न खसखस लागेर लेखिहाले … मेरो व्यक्तिगत विचार मात्र हो कसैको विचारमा ठेसलागेमा क्षमा प्रार्थि छु।
जहाँ सम्म उठाइएका प्रश्नहरु छन् ती पात्रका वैधानिकता पनि हेर्नु पर्छ। हरेक जसो धार्मिक नामका सम्प्रदायमा मुख्य ज्ञानलाई जनस्तरले बुझ्न/बुझाउनका लागि भनेर किसिम किसिमका मिथकहरु रचिएका हुन्छन जो वास्तवमा कथा मात्र हुन् । हिन्दुका पुराण, बौद्धका जातक र इसाईका बाइबलका गस्पेलहरु सबै कथा हुन् जसमा कुन पात्रले कुन परिस्थितिमा कसरि आफनो धर्म पालना गरे भनेर उदाहरण दिइएको छ। व्यवहारिक जीवनका भन्दा केहि पृथक सन्दर्भ र पात्र चित्रित गर्दा समाजमा विशेस छाप पर्ने भएकाले रचनाकारले पूर्ण रुपमा आफ्नो स्वतन्त्र रचनाशक्ति प्रयोग गरेर सिर्जना गरेका पात्र प्रति प्रश्न उठाएर वैज्ञानिक उत्तर खोज्नेको मानसिक सन्तुलनमाथि प्रति प्रश्न गर्नु पर्छ।
बिहान सबेरै उठनु, नित्य स्नान गर्नु, व्यायाम गर्नु, अटेस मटेस हुने गरि नखानु, अरुलाई चोट पुर्याउने काम नगर्नु, लोभ रिस, मोह र कामलाई बसमा राख्नु, अभिभावक गुरु र ठूलाको सम्मान गर्नु र सानालाई माया गर्नु प्रेरणा दिनु, अल्छी नगर्नु, घर/गृह वरिपरि सरसफाई कायम गर्नु, नियमित अध्ययन गर्नु, आदि ईत्यादि नियमको पालना गर्नु नै धर्म हो। हिन्दु, वौद्ध, ईसाइ वा अन्य सबै संसारका जति पनि सम्प्रदाय छन् कसैले पनि यो कुरा मा विमति जनाउदैनन् । र यस्ता उल्लेखित कर्म वाट मानिसको जीवनयापनमा सहजता उत्पन्न कसरि हुन्छ भन्ने कुराको वैज्ञानिक प्रमाण दिइ राख्नु त नपर्ला ।
धर्मो रक्षति रक्षितः।। अर्थात धर्मको रक्षा गर्नाले तिम्रो पनि रक्षा हुनेछ।संस्कृतको भनाइ भए पनि सबै जसो सम्प्रदायले यसको मुल मन्त्र आत्मसाथ गरेका छन। बिभिन्न काल खण्डमा एक सम्प्रदायका मानिसबाट अर्को माथी आक्रमण हुने गर्थ्यो र आज पनि गर्छ र त्यस्ता आक्रमणकारि बाट आफ्नो समुदायलाई जोगाउनेलाई धर्म रक्षक मान्न थालियो। हाम्रो नेपाली समाजमा केहि समय पहिले सम्म अथवा यद्यपि अझै पनि कहि कतै बाल विवाह गर्दा धर्म हुन्छ भन्ने मान्यता कायमै छ र सोहि अनुरुपका अभ्यासहरु भएका छन। प्राचिन कालमा नारिको विवाह यौवनावसथामै हुने गरेता पनि कुनै काल खण्डमा मुगलहरुले आफ्ना जवान कुमारि छोरिहरुलाई बलजफति अपहरण गरि विवाह गरेर लैजान थाले। आफूलाई सर्वोत्तम वर्गका मान्ने आर्यहरुले अन्य समुदायका युवति वा आफ्नै समुदायका पनि कुमारित्व भंग भइसकेका युवति विवाह गर्दा नीच बर्गका वर्णशंकर जन्मिने भन्दै विवाह नगर्ने हुनाले आफनो समुदायका युवकका लागि विवाह योग्य कन्याकै अभाव हुन थाले पछि बाल्यकालमै विवाह गरिदिने चलन चलाए। काम त मान्छे मार्ने नै भए पनि हामी सैनिकलाई जसरि सम्मानका साथ हेर्छौँ त्यसरि नै आफ्नो समुदायको अस्थित्व रक्षाहुने हुनाले यसलाई पनि धर्मकै काम मान्न थालियो। विभिन्न समयमा यसरि परिस्थिति जन्य उपजका कारण शिर्जित चलन्/प्रचलनहरु आजका दिन सम्म पनि कायम छन । त्यसता चलनहरुलाई कुनै समुदायका समर्थकहरु धर्म भनेर प्रचार गर्छन विरोधिहरु प्रहार। मैले बुझेको धर्मको सार भनेको प्रकृति संगत आचरण र युग सुहाउदो व्यवहारको हो। समानता वा नियमको पालना गर्न हिन्दु, बौद्ध, इसाइ वा मुसलमानको पगरि गुथि राख्नु पर्दैन । यस्ता काल्पनिक कथाका पात्र र तिनका आचरण माथि प्रश्न उठाउनु भन्दा बरु कुन पद्दति र सिद्धान्तले मानिस कसरि शान्त, स्वास्थ र प्रगतिशिल रहन सक्छ भन्ने कुराको अध्ययन अनुशरण गर्दा राम्रो। धर्म र यसको प्रयोगवाट कसरी जीवन सार्थक बनाउन सकिन्छ भन्ने बारे चाहि हिन्दुका वेद र उपनिषद, वौद्धका त्रिपिटक वा इशाइका सर्मनको अध्ययनमा खोज्नुहोला तर धर्मको नाममा सम्प्रदायिकतालाई प्रोत्साहन गर्दै एक प्रकारका रजनितिज्ञहरु(पुजारी, पादरि आदि) ले अर्को सम्प्रदायका आस्थाका मानक बनिसकेका पात्र माथि प्रश्न उठाउने, लडाउने र राज गर्ने परमपरामा भेटिन्न।
कपिलदेव खतिवडाको फेसबुक बाट साभार ।
प्रतिक्रिया