‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’
सारांश
- नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको अवस्था सुधार्न सबैले मेहनत गर्नुपर्नेमा जोड दिनुभएको छ ।
- पार्टी सम्बद्ध गोरखा–काठमाडौँ संघीय जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “अबको अर्जुनदृष्टि जसरी पनि प्रदेश र प्रतिनिधिसभा चुनाव जित्ने हुनुपर्छ ।
- यसपटक पनि माओवादीले जित्न नसके जनताको मनोबल खस्किन जान्छ र परिवर्तनका एजेण्डा धरापमा पर्न जान्छ ।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको अवस्था सुधार्न सबैले मेहनत गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पार्टी सम्बद्ध गोरखा–काठमाडौँ संघीय जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “अबको अर्जुनदृष्टि जसरी पनि प्रदेश र प्रतिनिधिसभा चुनाव जित्ने हुनुपर्छ । यसपटक पनि माओवादीले जित्न नसके जनताको मनोबल खस्किन जान्छ र परिवर्तनका एजेण्डा धरापमा पर्न जान्छ ।”
नेता श्रेष्ठले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीकोे पराजयबारे समीक्षा गरेर नीति कार्यक्रम तथा योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा विजयी भएको माओवादी गत वैशाख ३१ गते भएको निर्वाचनमा भने दुई स्थानमा मात्रै चित्त बुझाउनु परेको थियो ।
स्थानीय चुनावमा पार्टीको सबैभन्दा ठूलो कमजोरी संगठन निर्माण र परिचालनमा देखिएको भन्दै नेता श्रेष्ठले सबै माओवादी नेता एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीमा हुँदै नभएको मतभेद सिर्जना गरेर कसैले एकता भाँड्ने र पार्टी कमजोर पार्ने षडयन्त्र गरेमा कार्यकर्ताले ठीक लगाउनुपर्ने पनि उहाँको भनाइ थियो ।
Gopal Airee
Rajadhaani suter kasari sudhaar hunch?