बेलाइतीघारीका यी बालक जो अम्बा बेचेर पढाई खर्च पुर्‍याउँछन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
३४ पटक हेरिएको
Shares
बेलाइतीघारीका यी बालक जो अम्बा बेचेर पढाई खर्च पुर्‍याउँछन्

सारांश

  • सानासाना बालबालिकाहरुका विद्यालय पढ्ने उमेरमा धेरै आवश्यकता हुन्छन् ।
  • बालबालिकाको कलिलो मनमा धेरुै कुरा मनले चाहेको हुन्छ ।
  • जसका लागी घरमा आमा बुवालाई भन्नु पर्छ ।

सानासाना बालबालिकाहरुका विद्यालय पढ्ने उमेरमा धेरै आवश्यकता हुन्छन् । बालबालिकाको कलिलो मनमा धेरुै कुरा मनले चाहेको हुन्छ । जसका लागी घरमा आमा बुवालाई भन्नु पर्छ । तर, जिल्लाको ढोरचौर गाउँपालिकामा रहेको बेलाइतिघारीका बालबालिकालाई भने घरमा आमा बुवालाई भन्नु पर्दैन । उनीहरुले कापी, कलम तथा मनले चाहेको खाने कुरा आफ्नै पैसाले किनेर खाने गर्छन् । खेतबारीको छेउमा पाकेका अम्बा (बेलौती) बेचेर उनीहरुले मासिक ४÷५ हजार कमाउछन् । र सोही पैसाले आफ्ना आवश्यकता पुरा गर्छन् ।

यस्तै छन ढोरचौर गाउँपालिका ११ वर्षीय मोहन बोहरा । उनले १ महिनामा बेलौती बेचेर ५ हजार कमाएको बताए । विहान र बेलुकाको समयमा बेलौती बेचेर ५ हजार कमाएको बताए । दिउसाेँ विद्यालय जान्छु, बिहान र साँझ बेलौती बेच्छु, यसबाट जम्मा भएको पैसाले कापी कलम किन्नुका साथै आफ्ना आवश्यकता पुरा गर्छु, उनले भने ।हरेक दिन विहानै सडकमा बस्छु, बेलौती , बेलौती भन्छु, विहान २/३ सय बेलुका २/३ सय कमाउछु, उनले भने ‘ हिजो र अस्ती मात्रै ७ सय बनाएको हुँ । उनले एक दाना (बेलौतीलाई लाई ५ देखी १० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको बताए । उनले बेलौती बेच्न शुरु गरे देखी आमा बुवासँग पैसा नमागेको बताए ।

यस्तै ७ वर्षीय पवन भण्डारी पनि विहानै अम्बा (बेलौती) बोकेर सडकमा आउछन् । विहान ७ बजे बेलौती बेच्न सडकमा आएका पवन खाना खान घर जान्छन, खाना खाएर फेरि विद्यालय जाने बेला सम्म आफुले टिपेका बेलौती देखाउँदै, किन्नुहोस भन्दै विद्यालय सम्म जान्छन । उनले पनि महिनामा ३ हजार जती कमाएको बताए । पवनका भाइ हरि भण्डारी पनि बेलौती बेच्ने काम गर्छन । उनले पनि दिनमा २÷३ सय कमाउने बताउँछन् । उनीहरुले आफुलाई चाहिने कापी, कलम र लुगा कपडा पनि किन्ने रकम आफै जम्मा गर्ने गरेका छन् । बेलाइतीघारीका दर्जन बढी बालबालिकाहरुले अहिले बेलौती बेच्न थालेका छन् । असोज महिनाको अन्त्यतिर पाक्न शुरु गरेको बेलौती मंसिरको मध्ये तीर सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यूरोडमा स्मार्ट पार्किङ सेवा सुरु
न्यूरोडमा स्मार्ट पार्किङ सेवा सुरु
विद्यादेवी भण्डारीमार्फत गोकुल बास्कोटाले  ओलीलाई देखाएकाे शक्ति
विद्यादेवी भण्डारीमार्फत गोकुल बास्कोटाले ओलीलाई देखाएकाे शक्ति
एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकताको सहमति
एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकताको सहमति
एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत
एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत
भूकम्पपीडितलाई चौध हजार क्युफिट काठ
भूकम्पपीडितलाई चौध हजार क्युफिट काठ
सरकारले भन्यो ‘डा  गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’
सरकारले भन्यो ‘डा गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’
भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने
भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने
उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” असोज ३ गते चीन जाने
उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” असोज ३ गते चीन जाने
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ
पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ

तपाईंले छुटाउनुभयो कि?