कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ४, २०८०
|
|
५७ पटक हेरिएको
Shares
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

सारांश

  • काठमाडौं ।
  • जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न मितिमा अदालतबाट कैद र जरिवाना भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ ।
  • काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/ ८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवना फैसला सुनाएपछि फरार रहेका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको हो ।

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न मितिमा अदालतबाट कैद र जरिवाना भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/ ८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवना फैसला सुनाएपछि फरार रहेका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका एक हजार नौ सय ९५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए ।

पक्राउ परेकालाई अदालतले एकसय ७६ वर्ष सात महिना ३० दिन कैद असुल गरेको छ । अदालतले पक्राउ परेका उनीहरुसँग रु १२ करोड ८७ लाख ९३ हजार एक सय ३८ जरिवना असुल गरेको प्रवक्ता रिजालले बताए । यस्तै, विभिन्न मितिमा अदालतबाट कैद र जरिवना ठहर भएका २३ हजार पाँच सय ९० व्यक्ति अझै फरार रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

आव २०७९/८० मा काठमाडौँ प्रहरीमा मोबाइल हराएका १८ हजार एक सय १२ निवेदन परेको छ । जसमध्ये ११ हजार एक सय ४६ चोरी, पाँच हजार आठ सय २५ हराएको र एक हजार एक सय ४३ पाकेटमारी भएका छन् । हराएका मोबाइलमध्ये एक हजार छ सय ५० मोबाइल फेला परेको प्रवक्ता रिजालले बताए ।

काठमाडौँ प्रहरीमा आव २०७९/८० मा विभिन्न शीर्षकमा दुई हजार एक सय ६३ निवेदन दर्ता भएका छन् । दर्ता भएका निवेदनमध्ये सवारीसम्बन्धी एक सय १६, रकम ठगी नौ सय ९७, वैदेशिक रोजगारी ठगी पाँच सय ४०, जग्गासम्बन्धी विवाद ४०, झैझगडा कुटपिट ६३ उजुरी परेका छन् ।

यसैगरी, घरेलु हिंसा १५, सहकारीसम्बन्धी ठगी ५०, अनलाइन ठगी ४०, चेकसम्बन्धी ठगी दुई सय ७६, सरसामान चोरी २१ र मोटरसाइकल चोरीका तीन निवेदन परेको छ । जम्मा परेका निवेदनमध्ये छ सय २१ उजुरी फस्यौट भएको र बाँकी एक हजार चार सय ९५ उजुरी फछ्र्योट गर्न बाँकी रहेको काठमाडौँ प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमानले कट्रिनापछि उनकी बहिनीलाई पनि बलिउडमा ल्याउने
सलमानले कट्रिनापछि उनकी बहिनीलाई पनि बलिउडमा ल्याउने
अद्भुत वैज्ञानिक खोज–यम ग्रहको सतहमुनि समुद्र भेटियो
अद्भुत वैज्ञानिक खोज–यम ग्रहको सतहमुनि समुद्र भेटियो
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो
सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो
यसरी हुँदैछ जनप्रतिनिधिको विदेश पलायन
यसरी हुँदैछ जनप्रतिनिधिको विदेश पलायन
प्रकाण्डलाई रिहा गर्न वार्ता गर्ने तयारीमा सरकार, विप्लवका तीन सर्त यस्ता छन्
प्रकाण्डलाई रिहा गर्न वार्ता गर्ने तयारीमा सरकार, विप्लवका तीन सर्त यस्ता छन्
लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान
लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान
सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँ : नेता महर
सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँ : नेता महर
ज्ञानेन्द्र मल्लकाे लिस्ट ‘ए’मा १ हजार रन पूरा(LIVE)
ज्ञानेन्द्र मल्लकाे लिस्ट ‘ए’मा १ हजार रन पूरा(LIVE)