प्रेम दिवसमा ‘सयको गुन’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १४, २०७६
|
|
५२ पटक हेरिएको
Shares
प्रेम दिवसमा ‘सयको गुन’

सारांश

  • गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ ।
  • गीतमा गायक थापा र विष्णु माझीले स्वर दिनुभएको छ ।
  • गीत बजारमा आएको एक हप्ता नपुग्दै छ लाख ३४ हजारभन्दा बढी पटक हेरिएको छ ।

गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा र विष्णु माझीले स्वर दिनुभएको छ । गीत बजारमा आएको एक हप्ता नपुग्दै छ लाख ३४ हजारभन्दा बढी पटक हेरिएको छ ।

गीतमा सङ्गीत थापाकै हो भने शब्द प्रह्लाद सुवेदीको रहेको छ । सङ्गीत संयोजन आशिष अविरलको हो । सुनिल क्षेत्री र मरिस्का पोख्रेलले भिडियोमा अभिनय गर्नुभएको छ । अभ्यास डिजिटलले बजारमा ल्याएको गीतलाई थापाले आफ्नै नामको व्यक्तिगत युट्युब च्यानलमार्फत बजारमा ल्याउनुभएको हो । यसअघि उहाँले सुमधुर झ्याउरे लयमा सङ्गीत गरेको ‘सालको पातको टपरी’ बोलको गीतले नेपाली लोकगीतको क्षेत्रलाई एकैपटक माथि पु¥याएको छ ।

‘सालको पात’ले अत्यधिक चर्चा पाएपछि अन्य सङ्गीतकार र गीतकारले पनि सोही गीतलाई पछ्याएर शब्द र सङ्गीत भर्ने गरेको पाइन्छ । ‘सालको पातको टपरी’ अत्यधिक दर्शकले रुचाएको गीत हो । युट्युबमा यो गीत पाँच करोड ६० लाखभन्दा धेरै पटक हेरिएको छ ।

यस्तै थापाले सङ्गीत गरेर माझी र उहाँ आफैँले स्वर दिएको ‘लोभी आँखा’ बोलको गीत युट्युबमा दुई करोड १७ लाख बढी पटक हेरिएको छ । ‘उही खोलीमा पानी’ एक करोड ४३ लाख र ‘चौतारीको वर’ एक करोड २४ लाख बढी पटक हेरिएको छ ।

थापा यतिबेला धेरै आम्दानी गर्ने कलाकारको सूचीमा रहनुभएको छ । पछिल्लो समय उहाँका सङ्गीतका धेरै गीत बजारमा आउन थालेका छन् । “सङ्गीतमा व्यस्त रहँदा आयोजकले निमन्त्रणा गर्दा विभिन्न ठाउँमा हुने मेला महोत्सवमा समेत जान पाएको छैन”, उहाँले भन्नुभयो, “सङ्गीत गर्न र गीत गाउनमै व्यस्त छु ।” उहाँले ‘सयको गुन’ बोलको गीत प्रेम अर्थात् भ्यालेन्टाइन दिवस(फेब्रुअरी १४)लाई लक्ष्य गरेर बजारमा ल्याउनुभएको हो । सो गीत पनि दर्शकको रोजाइमा पर्नेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।

“पछिल्लो समयमा लोकगीतको महत्व उच्चस्तरले बढेर गएको छ”, थापाले भन्नुभयो, “पहिले, पहिले लोकगीत शहरमा त्यति बज्दैन्थे, अहिले शहर बजारमा पनि अत्यधिक घन्केको पाउँदा निकै खुशी लाग्ने गरेको छ ।” उहाँले लोकगीतप्रतिको आकर्षणलाई अझै बढाउन स्रष्टाले उत्कृष्ट सिर्जना पस्कनमा कुनै कञ्जुस्याइँ गर्न नहुने धारणा राख्नुभयो ।
करुणाको एकल कविता वाचन

धरानलाई कर्मथलो बनाएर साहित्य सिर्जनामा लाग्नुभएकी भोजपुरका कवि करुणा राईले काठमाडौँमा एकल कविता वाचन गर्नुभएको छ । ‘बरण्डामा तिमी’ शीर्षकमा आयोजित एकल कविता वाचन कार्यक्रममा राईले आफ्ना दश कविता पस्कनुभयो । ‘जुत्ता’, ‘आमा’, ‘दाइजो’, ‘अस्पतालमा आप्पा’, ‘भ्रम’, ‘आँशु’, ‘घाइते सम्झना’ शीर्षकका कविताबाट दर्शकले आनन्द लिए । कवि चन्द्र रानाहँछाले ‘मैले रित्याएको मलाई’ र रेडियोकर्मी सुष्मा राईले ‘याद’ शीर्षकको उहाँका कविता वाचन गरी सघाएका थिए ।

कार्यक्रममा सुदीप पाख्रिनको परिकल्पना तथा वीरेन सुब्बाद्वारा निर्दे्शित राईको ‘बरन्डामा तिमी’ शीर्षक कवितामा निर्मित काव्य भिडियो प्रदर्शन गरियो । युनिक फोटोग्राफी धरानको प्रस्तुति रहेको काव्य भिडियोमा सन्तोष थेवे र जीना तामाङले अभिनय गर्नुभएको छ ।

कवि भूपाल राईले करुणाका कविता परिपक्वताले पूर्ण भएको बताउनुभयो । कवि विप्लव ढकालले उहाँका कविता दुई चार कविता लेखेर रातारात सेलिब्रेटी हुनेका तुलनामा कैयौँ गुना अब्बल रहेको जिकिर गर्नुभयो । कार्यक्रम नेपाली वाङ्मय परिषद् र गोर्खा बुक्सले आयोजना गरेका थिए । राईको ‘मन फुलेको बेला’ गजलकृति प्रकाशित छ भने राजु सिंहको सङ्गीत र आभा मुकारुङको स्वरमा एउटा गीत रेकर्ड भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसीरमा उपनिर्वाचन कति संभव ?
मंसीरमा उपनिर्वाचन कति संभव ?
उत्तरी सिरियामा आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध
उत्तरी सिरियामा आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध
भाटभटेनी सुपरमार्केटका स्टोरमा खसीको मासु अन्यन्त्रभन्दा ४५० रुपैयाँ सस्तो
भाटभटेनी सुपरमार्केटका स्टोरमा खसीको मासु अन्यन्त्रभन्दा ४५० रुपैयाँ सस्तो
नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण
नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण
एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार ?
एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार ?
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
रुपन्देहीको सिदार्थनगर नगरपालिकाको ताजा अपटेड
रुपन्देहीको सिदार्थनगर नगरपालिकाको ताजा अपटेड
विहारमा नितिश नेतृत्वको गठबन्धनलाई अग्रता
विहारमा नितिश नेतृत्वको गठबन्धनलाई अग्रता
प्रधामन्त्री दाहालसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेट
प्रधामन्त्री दाहालसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेट
भक्तपुरमा महेश बस्नेतलाई हराउनकै लागि दुर्लभ थापालाई टिकट !
भक्तपुरमा महेश बस्नेतलाई हराउनकै लागि दुर्लभ थापालाई टिकट !