सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना

सारांश

  •   विराटनगर, साउन २३।
  •   नेपाल र  भारतीय सीमावर्ती क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन थप चार वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिने भएको छ ।
  • १ नम्बर प्रदेश को सरकारले सात सात किलोमिटरको फरकमा सीमाक्षेत्रमा बोर्डर आउट पोष्ट स्थापना गर्ने निर्णय गरेअनुुसार थप चार ठाँउमा पोष्ट स्थापना गर्न लागिएको सशस्त्र प्रहरी गणका प्रहरी उपरीक्षक मनिष थापाले बताए ।

 

विराटनगर, साउन २३।  नेपाल र  भारतीय सीमावर्ती क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन थप चार वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिने भएको छ ।

१ नम्बर प्रदेश को सरकारले सात सात किलोमिटरको फरकमा सीमाक्षेत्रमा बोर्डर आउट पोष्ट स्थापना गर्ने निर्णय गरेअनुुसार थप चार ठाँउमा पोष्ट स्थापना गर्न लागिएको सशस्त्र प्रहरी गणका प्रहरी उपरीक्षक मनिष थापाले बताए ।

मोरङ्ग जिल्लाको दक्षिणी सीमा क्षेत्रवाट हुने अवैध हातहतियार र लागुपदार्थ ओसारपसार एवं चोरी तस्करी नियन्त्रण गर्न का लागि सशस्त्र प्रहरी बल गणले आउट पोष्ट स्थापना गर्ने भएको हो । सीमावर्ती क्षेत्रको डोरिया, सिक्टी, जहदा र तारेगामामा क्षेत्रमा आउट पोष्ट स्थापना गर्न लागिएको उपरीक्षक थापाले बताए ।मोरङ जिल्ला र भारतसँगको ६३ किलोमिटर सीमाक्षेत्रमा थप चार वटा आउट पोष्ट सञ्चालन आएपछि पोष्टको संख्या नौ ओटा हुने उपरीक्षक थापाले जानकारी दिए ।

एउटा पोष्टमा प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सशत्र प्रहरी रहनेछन् ।

प्रदेश सरकारले सीमाक्षेत्रमा शान्ति सुरक्षा व्यवस्था थप सुदृढ बनाउने सशत्र प्रहरी गणको प्रस्तावअनुसार प्रदेश सरकारले थप पोष्ट स्थापना गर्न लागेको हो । सरकारले पोष्टका लागि आवश्यक भौतिक सामग्री लगायत पूर्वाधार निमार्ण गर्ने सुरु गरीसकेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?