राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा गणेश आचार्य

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा गणेश आचार्य

सारांश

  • दाङ, ५ जेठ ।
  • राष्ट्रिय जनमोर्चा दाङको चौथो जिल्ला सम्मेलन जेठ ४ र ५ गते सदरमुकाम घोराहीमा सम्पन्न भएको छ ।
  • जिल्ला सम्मेलनले गणेश आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

दाङ, ५ जेठ । राष्ट्रिय जनमोर्चा दाङको चौथो जिल्ला सम्मेलन जेठ ४ र ५ गते सदरमुकाम घोराहीमा सम्पन्न भएको छ । जिल्ला सम्मेलनले गणेश आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जिल्ला सम्मेलनले अध्यक्षमा गणेश आचार्य, उपाध्यक्षमा महेश रिजाल, सचिवमा वसन्त पौडेल, सहसचिवमा ऋषिराम पौडेल र कोषाध्यक्षमा श्यामलाल पोख्रेललाई चयन गरेको छ । जिल्ला कार्यसमितिका सदस्यहरुमा शुक्रराज भण्डारी, तुलबहादुर योगी, चन्द्रबहादुर नेपाली, खडानन्द खनाल, दीनमणि आचार्य, पदमप्रसाद गोराथोकी, केशवराज खनाल, सुशील पोख्रेल, ठाकुरप्रसाद आचार्य, हुमा मास्के, कृष्णा राना, कुलचन्द्र पोख्रेल, नवराज शर्मा, शारदा चौधरी, कपिलदेव खनाल, देवबहादुर बिक, ठाकुरप्रसाद भण्डारी, लिलाबहादुर पुन, राम फकिरे रैदास, टुकमान कुँवर, तिलकराम घर्ती रहेका छन् । दुई स्थान रिक्त राखिएको छ । सल्लाहकारहरुमा नुमाकान्त आचार्य, नरबहादुर केसी, रमेशमान गुरुङ, द्रोण घर्ती, दिलीपराज खनाल, गुणनिधि शर्मा र ढुण्डीराज खनाल रहेका छन् ।

सदरमुकाम घोराहीमा भएको जिल्ला सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले गरेका थिए । नवनिर्वाचित अध्यक्ष आचार्य यसअघिको कार्यसमितिमा सचिव पदमा कार्यरत थिए । आचार्यले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)का केन्द्रीय सचिवको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?