फनपार्कको जग्गा सित्तैमा दिंदा भ्रष्टाचार मुद्दामा मुछिए पूर्वमन्त्रीदेखि नेतासम्म
सारांश
- काठमाडौं ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियिमतता गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
- तत्कालिन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्री प्रसाद न्यौपानेसहितलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियिमतता गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
तत्कालिन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्री प्रसाद न्यौपानेसहितलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
समाज कल्याण परिषद्लाई हालसम्म ३१ करोड ५२ लाख १७ हजार हानी नोक्सानी भएको देखिएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । त्यत्ति नै मात्रामा बिगो माग दाबी गर्दै मुद्दा दर्ता भएको हो ।
समाज कल्याण परिषद्का तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्ज बिहारीप्रसाद चौधरी, समाज कल्याण परिषद्का तत्कालिन सदस्य हरि न्यौपाने, तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमार लालकर्ण र समाज कल्याण परिषद्का तत्कालिन सदस्य-सचिव ई.रविन्द्रकुमार समेतको उपस्थितिमा सित्तैमा भृकुटीमण्डपको जग्गा दिने निर्णय गरेको थियो ।
संचालन समितिको वैठकले रविन्द्र गुरुङ्ग (वारेसकर्ता टेक बहादुर गुरुङ)लाई हालसम्म तिरिरहेको रकमलाई वृद्धि गरी मासिक ५ लाख ५५ हजार समय बढाई १५ वर्षको लागी फनपार्क मेला संचालन गर्न ठेक्कामा दिने निर्णय गरेको थियो ।
आपसी मिलेमतोमा टेन्डर नगरी बढावढ वा घटाघट गराई ठेक्कामा दिनुपर्ने नगरेको देखिएको अख्तियारको दाबी छ । पटकपटक एउटै व्यक्तिलाई म्याद थप गर्दै जाँदा स्वच्छ प्रतिस्पर्धा नभई राज्यलाई हानी नोक्सानी भएको देखिएको हुँदाप्रचलित दर, विगतको भाडादर आदिको आधारमा दर रेट निर्धारण गरी लागत अनुमान तयार गरी दिइएको छ ।
हेर्नुस्, कसलाई कति माग दाबी गरिएको छ…

प्रतिक्रिया