‘फाटेको जुत्ता’ युनिट ले नयां जुत्ता दियाे।
सारांश
- कात्तिक १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘फाटेको जुत्ता’ युनिट ले नयां जुत्ता दियकाे छ ।
- फिल्मको प्रचार-प्रसार आक्रामक बनाउन निर्माण पक्षले फाटेको जुत्ताको फोटो फेसबुकमा पोस्ट गरेर ट्याग गर्ने २ सय ५० जनालाई हरेक हप्ता नयाँ जुत्ता उपहार दिने ‘स्किम’ ल्याएको थियो ।
- त्यो योजनाअन्तर्गत शनिवार राजधानीमा एक कार्यक्रमका बिच २ सय ७५ जनालाई फिल्मका नायक सौगात मल्ल र नायिका वर्षा राउतले नयाँ जुत्ता प्रदान गरे ।
कात्तिक १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘फाटेको जुत्ता’ युनिट ले नयां जुत्ता दियकाे छ । फिल्मको प्रचार-प्रसार आक्रामक बनाउन निर्माण पक्षले फाटेको जुत्ताको फोटो फेसबुकमा पोस्ट गरेर ट्याग गर्ने २ सय ५० जनालाई हरेक हप्ता नयाँ जुत्ता उपहार दिने ‘स्किम’ ल्याएको थियो ।
त्यो योजनाअन्तर्गत शनिवार राजधानीमा एक कार्यक्रमका बिच २ सय ७५ जनालाई फिल्मका नायक सौगात मल्ल र नायिका वर्षा राउतले नयाँ जुत्ता प्रदान गरे । फिल्मको नयाँ जुत्ता उपहार योजनामा गोल्डस्टार कम्पनीले सहकार्य गरेको छ । फिल्मका निर्माता अर्जुन कुमारका अनुसार, कार्यक्रममा फाटेको जुत्ता लगाएर आउने व्यक्तिलाई पनि नयाँ जुत्ता दिइएको थियो ।
अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई ‘जिन्दगी रक्स’का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया