प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
५४ पटक हेरिएको
Shares
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएकोे छ ।
  • आज विहान १०ः५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएकोे छ । आज विहान १०ः५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले)ले सात स्थानमा विजयी हुँदा तीन स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी हुनुभएको छ भने ३ स्थानमा अग्रता लिएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार विजयी र २ अग्रस्थानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म २७ लाख ६१ हजार ४२१ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले १३ लाख ८८ हजार ४२१, नेपाली कांग्रेसले चार लाख ७१ हजार ३५५, नेकपा (एमाले)ले तीन लाख ८० हजार ९३२ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख ८२ हजार ८३४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लमजुङमा सुरु भयो बाह्रौ राष्ट्रिय बौद्ध सम्मेलन
लमजुङमा सुरु भयो बाह्रौ राष्ट्रिय बौद्ध सम्मेलन
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
विश्वकप फुटसलः नेपाल तीनै खेलमा पराजित
विश्वकप फुटसलः नेपाल तीनै खेलमा पराजित
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
प्रधानमन्त्रीले बोलाए डा. केसीको माग सम्बोधन गर्न बैठक
प्रधानमन्त्रीले बोलाए डा. केसीको माग सम्बोधन गर्न बैठक
गोर्खाल्यान्ड आन्दोलन : दार्जिलिङ सञ्चार सम्पर्कविहीन
गोर्खाल्यान्ड आन्दोलन : दार्जिलिङ सञ्चार सम्पर्कविहीन
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
रेल र सडक दुवै मार्गले नेपालसँग जोडिन्छौं: चीन
रेल र सडक दुवै मार्गले नेपालसँग जोडिन्छौं: चीन
उसबेलाको जनसत्ताको कुरा लिएर माओवादीले बखेडा झिक्दै
देशैभर मनसुन सक्रिय,यसवर्ष औसत वर्षा हुने अनुमान
देशैभर मनसुन सक्रिय,यसवर्ष औसत वर्षा हुने अनुमान

तपाईंले छुटाउनुभयो कि?