ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई ३ हजार मतले अगाडि
सारांश
- ताप्लेजुङ, मंसिर २२ –ताप्लेजुङमा एमाले सचिवसमेत रहेका योगेश भट्टराईले अग्रता कायमै राख्नुभएको छ ।
- पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ८५०३ मत प्राप्त गर्नुभएको छ ।
- उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले ५५५० मत प्राप्त गर्नुभएको छ ।
ताप्लेजुङ, मंसिर २२ –ताप्लेजुङमा एमाले सचिवसमेत रहेका योगेश भट्टराईले अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ८५०३ मत प्राप्त गर्नुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले ५५५० मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा ‘क’ मा वामगठबन्धनका उम्मेदवार सुरेन्द्र साम्सोहाङले अग्रता लिनुभएको छ । उहाँले ४२१४ मत प्राप्त गर्नु भएको छ भने नेपाली काग्रेसका लिलादेवी बोखिमले ३०३९ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका माओवादी उम्मेदवार टंंक आङ्बुहाङले ४१०५ मत प्राप्त गरि अग्रता लिनुभएको छ । नेपाली कांग्रेसका दिपेन्द्रकुमार सेन्दाङले २१४९ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Amiri Yadav
Yoges Nepal ko mutu. Rabindr adhikari mastisks.