फाब्रिगासको ३ सय खेलमा चेल्सी ३–१ ले विजयी
सारांश
- चेल्सीले इङ्लिस प्रिमियर लिगमा ११ अंकको स्पष्ट अग्रता बनाएको छ।
- शनिवार राती घरेलु स्टामफोर्ड ब्रिज मैदानमा स्वान्से सिटीलाई ३–१ ले पराजित गर्ने क्रममा चेल्सी २६ खेलमा स्पष्ट ६३ अंकसहित शीर्षस्थानमा छ।
- चेल्सी २५ खेलमा ५२ अंक बटुलेको म्यानचेस्टर सिटीभन्दा ११ अंकले माथि छ।
चेल्सीले इङ्लिस प्रिमियर लिगमा ११ अंकको स्पष्ट अग्रता बनाएको छ। शनिवार राती घरेलु स्टामफोर्ड ब्रिज मैदानमा स्वान्से सिटीलाई ३–१ ले पराजित गर्ने क्रममा चेल्सी २६ खेलमा स्पष्ट ६३ अंकसहित शीर्षस्थानमा छ।

चेल्सी २५ खेलमा ५२ अंक बटुलेको म्यानचेस्टर सिटीभन्दा ११ अंकले माथि छ। सेस फाब्रिगासको ३ सयौं खेलको रुपमा रहेको शनिवारको खेलमा ४१ हजार दर्शक साछी बनेका थिए। फाब्रिगासले १९ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। तर, त्यो अग्रता पहिलो हाफको अतिरिक्त समयमा भंग भयो। जब फर्नान्डो लोरेन्टेले ४५ पछि थप गरिएको २ मिनेटमा ग्याल्फी सिगुर्डसनको फ्रिकिकमा हेडिङ गोल गरे।
तर, दोस्रो हाफको ७२ मिनेटमा पेड्रोले गोल गर्दे चेल्सीलाई पुनः अग्रता दिलाए। यसको १२ मिनेटपछि डिएगो कोस्टाले चेल्सीका लागि अर्को गोल थपे।
यो चेल्सीको घरमा लगातार दसौं खेलको विजय थियो।
प्रतिक्रिया