पहिरोले १० घरसँगै पशुचौपाया बगायो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पहिरोले १० घरसँगै पशुचौपाया बगायो

सारांश

  • नुवाकोट ।
  • नुवाकोटमा बाढीपहिरोले विभिन्न स्थानमा १० घर बगाउँदा स्थानीय घरबारबिहिन भएका छन्, लाखौँको क्षति भएको छ ।
  • जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ ।

नुवाकोट । नुवाकोटमा बाढीपहिरोले विभिन्न स्थानमा १० घर बगाउँदा स्थानीय घरबारबिहिन भएका छन्, लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ ।

सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद ८५ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

तामाङको दुई लाखभन्दा बढीको क्षति भएको प्रहरी जनाएको छ । त्यसै स्थानमा धनबहादुर तामाङको घर र घरमा रहेको २० मुरी धानसमेत बगाउँदा एक लाख मूल्य बराबरको क्षति भएको छ ।

सोही स्थानमा जितबहादुर तामाङ आठ रोपनी खेत, रुद्रबहादुर तामाङको तीन रोपनी, कृष्णबहादुर तामाङको तीन रोपनी, नुरबतासीबहादुर तामाङको तीन रोपनी खेतसमेत खोलाले बगाएर बगर बनाएको प्रहरीले जनाएको छ ।

यस्तै बेलकोटगढी नपा–११ अमारेमा अमारे खोलामा आएको बाढीले हरिभक्त तिवारीको दुई घर र घरमा रहेको किराना पसल, मासुपसलसमेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पसल सञ्चालक रामराजा तामाङ र श्रीमती शुभलक्ष्मी सामान्य घाइते भएको र बाढीको कारण रु आठ लाख बराबरको क्षति भएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

यसैगरी गएरातिकै पहिरोले शिवपुरी गाउँपालिका–६ थानाभञ्ज्याङका मनोज लामा र डिलबहादुर तामाङको घर पनि बगाएको छ ।

घरमा रहेको तीन बाख्रा, अन्नपात, लत्ताकपडासमेत बगाएको छ । पहिरोले दुई घर बगाउँदा रु छ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै तादी गाउँपालिका–६ आलडाँडाँका डोरबहादुर तामाङकोे दुई वटा र मुकेश तामाङको एउटा घर पहिरोले बगाएको छ ।

पहिरोले २५ वटा बाख्रा, गाईगोरु पनि बगाएको छ भने अन्नपात र लत्ताकपडा नष्ट भएको छ । उनीहरुको रु सात लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै गएराती नै विदुर नपा–२ पाटीपानीका अर्जुन कसाइका घर पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई मुख्यमन्त्री र प्रदेशसभा सभामुख माग्दै माओवादी
दुई मुख्यमन्त्री र प्रदेशसभा सभामुख माग्दै माओवादी
आज देशभर छ जनाको संक्रमणबाट मृत्यु, कुल मृत्यु हुनेको संख्या एक सय २०
तीन सुक्खा बन्दरगाह निर्माणकाे प्रस्ताव तयार, चीनले दियो ग्रिन सिग्नल !
तीन सुक्खा बन्दरगाह निर्माणकाे प्रस्ताव तयार, चीनले दियो ग्रिन सिग्नल !
यसो भएमा देउवाले आजै प्रधानमन्त्री छोड्ने
यसो भएमा देउवाले आजै प्रधानमन्त्री छोड्ने
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
मिटरब्याज पीडितका माग समेट्न वार्ता समिति गठन
मिटरब्याज पीडितका माग समेट्न वार्ता समिति गठन
शीतलहरबाट जनजीवन थप कष्टकर
शीतलहरबाट जनजीवन थप कष्टकर
भिभीआइपीका लागि डेढ अर्बको हेलिकप्टर
भिभीआइपीका लागि डेढ अर्बको हेलिकप्टर
त्रिकोणात्मक सिरिज  नेपालद्धारा अमेरिका ८ विकेटले पराजित, सन्दिप बने नायक
त्रिकोणात्मक सिरिज नेपालद्धारा अमेरिका ८ विकेटले पराजित, सन्दिप बने नायक
राजकुमार ह्यारीसंग विहे गर्न लागेकी मेघान मर्कल विहे अघि नै गर्भवती !
राजकुमार ह्यारीसंग विहे गर्न लागेकी मेघान मर्कल विहे अघि नै गर्भवती !

तपाईंले छुटाउनुभयो कि?