फिनल्यान्डकी प्रधानमन्त्री रक्सीले मातेको भिडिओ भाइरल
सारांश
- फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ अहिले भाइरल भइरहेको छ।
- बिबिसीका अनुसार एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उनी विवादमा परेकी हुन्।
- लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उनका साथीहरू नाचगान गरिरहेको देखिन्छ।
फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ अहिले भाइरल भइरहेको छ।
बिबिसीका अनुसार एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उनी विवादमा परेकी हुन्। लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उनका साथीहरू नाचगान गरिरहेको देखिन्छ।
३४ वर्षकी हुँदा मरिन सन् २०१९ मा फिनल्यान्डकी प्रधानमन्त्री बनेकी थिइन्। त्यतिबेला उनी संसारकै सबैभन्दा कान्छी सरकार प्रमुख थिइन्।
विपक्षी नेताहरूले मरिनले लागुपदार्थ सेवन गरेरनगरेको परीक्षण गर्नुपर्ने माग गरेका छन्।
मरिनले भने आफ्नो सार्वजनिक, पारिवारिक र नितान्त व्यक्तिगत जीवन भएको बताएकी छन्। ‘मैले रक्सी पिएकी हुँ, नाचगान पनि गरेकी हुँ। यी सबै कुरा कानुनसम्मत८ हुन्,’ उनले भनेकी छन्। लागुपदार्थ सेवनको परीक्षण गर्न पनि आफू तयार रहेको बताएकी छन्।
उनले भिडिओ लिक भए पनि आफूले जीवनशैली परिवर्तन नगर्ने बताएकी छन्।
‘म जस्ती थिएँ, त्यस्तै भएर बाँच्छु,’ उनले भनेकी छन्।-बिबिसी
प्रतिक्रिया